प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत हुनुहुन्थ्यो । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुनुहुन्छ ।यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित