सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बेलडाँडीमा नक्साको बाटो खोल्ने निर्णय ः भूमाफियाको निशानामा बजारका अध्यक्ष देखि पालिका प्रमुखसम्म

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ फाल्गुन १७, शनिबार ७:२१
in Breaking (With Image), आर्थिक समाचार, राजनीति, समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
बेलडाँडीमा नक्साको बाटो खोल्ने निर्णय ः भूमाफियाको निशानामा बजारका अध्यक्ष देखि पालिका प्रमुखसम्म

सार्थक व्युरो ।

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजार हुँदै प्रमुख पर्यटकीय गन्तव्य कालिकिच र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नक्साअनुसारको सडक विस्तार गर्ने निर्णयसँगै बेलडाँडीमा विवाद चुलिएको छ । स्थानीय प्रशासनले कानूनी रूपमा नक्साअनुसार सडक भित्रका संरचना हटाउने पहल थालेपछि विभिन्न समूहहरू बीच तनाव बढ्दै गएको छ ।

गरिबले हटाए, पहुचवालाले रोके

सडक विस्तारको क्रममा भूमिहीन तथा आर्थिक रूपमा कमजोर वर्गले आफ्ना संरचना स्वेच्छिक रूपमा हटाइसकेका छन् । तर, आर्थिक रूपमा सम्पन्न, प्रभावशाली व्यक्तिहरू र राजनीतिक आडभरोसा प्राप्त संरचनाहरू भने अझै यथावत छन् ।

स्थानीय स्रोतका अनुसार, कतिपय ठूला नेताहरू, कर्मचारी तथा व्यवसायीहरूका संरचनाहरू हटाउने विषयमा सरकार कमजोर देखिएको छ । यो अवस्थालाई हेर्दा सामान्य जनताले मात्रै नियम पालना गर्नुपर्ने तर प्रभावशालीहरूलाई उन्मुक्ति दिइने प्रवृत्ति देखिएको छ ।

भूमाफियाको जालो र राजनीतिक संरक्षण

सडक विस्तार अभियानले वास्तविक भूमाफियाहरूको चिहान खन्न थालेपछि उनीहरू झनै आक्रोशित बनेका छन् । सरकारी नक्साअनुसार सडक खोल्ने निर्णय गर्दा भूमाफियाहरूको कब्जामा रहेको धेरैजसो क्षेत्र खाली गर्नुपर्ने बाध्यता आएको छ । उनीहरूलाई प्रदेश र संघका ठूला नेताहरूले संरक्षण गरिरहेका छन् भन्ने आरोप स्थानीय बासिन्दाले लगाएका छन् । यसले गर्दा स्थानीय तहमा काम गर्न खोज्ने पालिका प्रमुख, सत्य उजागर गर्ने पत्रकार तथा व्यवस्थित बजार निर्माण गर्ने अभियानमा रहेका बजार व्यवस्थापन समितिका अध्यक्षहरू उनीहरूको निशानामा परेका छन् ।

पत्रकार, बजार अध्यक्ष र पालिका प्रमुखलाई धम्की

विकासका कामलाई अगाडि बढाउने उद्देश्यले काम गरिरहेका पत्रकारहरू, बजार व्यवस्थापन समिति तथा स्थानीय सरकारका प्रमुखलाई विभिन्न किसिमका धम्कीहरू आउन थालेका छन् । सत्यको पक्षमा कलम चलाउने पत्रकारहरूलाई विशेष रूपमा लक्षित गरिएको छ ।

उनीहरूलाई डर देखाएर वा प्रलोभन दिएर सडक खोल्ने निर्णयलाई कमजोर बनाउने रणनीति अपनाइएको स्थानीयहरू बताउँछन् । बजार व्यवस्थापन समितिका अध्यक्ष, जसले व्यवस्थित बजार निर्माणका लागि पहल गरिरहेका छन्, उनीहरूमाथि पनि भूमाफियाहरूको असन्तुष्टि मात्र होइन घरघेराउन समेत हुन थालेको छ ।

उनी माथी एउटै सडकमा बस्दै आएका गरिब भूमिहिनहरुको मात्र घर भत्केपछि उनीहरु सडकमा भएका अन्य संरचना हटाएर नक्साको सडक खोल्न माग गर्दै उनकै घर घेर्न थालेका छन् । व्यवस्थित बजार बन्ने हो भने अनाधिकृत रूपमा जमिन ओगटेका भूमाफियाहरूको स्वार्थमा ठेस पुग्नेछ भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ ।

यही कारणले उनीहरू विकासको अभियानलाई रोक्न निरन्तर प्रयासरत छन् । बेलडाँडी गाउँपालिकाका अध्यक्षले समृद्ध र व्यवस्थित गाउँपालिकाका लागि सडक नक्साअनुसार खोल्नुपर्ने अडान लिँदै आएका छन् । तर, उनीमाथि पनि विभिन्न किसिमका दबाब र धम्की आउने क्रम जारी छ ।

सडक विकास र भूमाफियाको षड्यन्त्र विकासप्रेमी जनताले सडक विस्तारलाई स्वागत गरिरहेका छन्, तर भूमाफियाहरू यो अभियानलाई असफल बनाउने खेलमा लागिपरेका छन्। यदि सरकारी नक्साअनुसार सडक खोलियो भने, उनीहरूको अवैध कब्जा अन्त्य हुनेछ । यही कारण उनीहरू पत्रकार, बजार व्यवस्थापन समिति र स्थानीय सरकारका प्रमुखहरूलाई टार्गेट गर्न थालेका छन् ।

जनताको अपेक्षा र सुरक्षा आवश्यक

स्थानीय जनताले पत्रकार, बजार अध्यक्ष र पालिका प्रमुखलाई संरक्षण दिन सरकारसँग माग गरेका छन् । यदि भूमाफियाहरूको धम्कीका कारण सत्य उजागर गर्ने कलम रोकियो भने, यो केवल पत्रकारिता मात्र होइन, न्याय र विकासको लडाइँमा ठूलो धक्का हुनेछ ।

बेलडाँडी गाउँपालिकाको सडक विस्तार अभियानले विकासको मार्ग खोल्नेछ । तर, यो अभियान भूमाफियाहरूका लागि चुनौती बनेपछि उनीहरूले अनैतिक तरिकाले पत्रकार, बजार व्यवस्थापन समिति तथा पालिका प्रमुखलाई धम्क्याउन थालेका छन् । स्थानीय प्रशासन, नागरिक समाज तथा सुरक्षा निकायले मिलेर यी अवरोधहरू हटाउनु अत्यन्त आवश्यक छ । सत्य र विकासको लडाइँमा सबैले ऐक्यबद्धता देखाउनुपर्ने समय आएको छ ।

Previous Post

नेविसंघ कार्यकर्ताबीच मोरङमा झडप, दुई जना घाइते

Next Post

सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

Next Post
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.