म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो, उद्धारकार्य जारी

सार्थक व्युरो । म्यानमारको माण्डले सहरमा रहेको एउटा अग्लो भवनमा अहिले पनि सात जना फसेका छन्। ती मानिसहरूलाई बाहिर निकाल्न उद्धारकर्मीहरू प्रयासरत छन्।बीबीसीका अनुसार उद्धारकर्मीहरूले रातभरको प्रयासपछि ५० जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको बताएका छन्। म्यानमारमा शक्तिशाली भूकम्प आएको २४ घण्टाभन्दा बढी समय बितिसकेको छ।
उद्धारमा संलग्न एक कर्मचारीले भने, ‘हामी अझै बाँकी फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गर्दैछौँ, तर ठूला मेसिनहरूको अभावले समस्या भइरहेको छ। उनीहरू अझै सहायता माग्दै चिच्याइरहेका छन्, हामी तिनका आवाजहरू सुन्न सक्छौँ, तर उनीहरू ठ्याक्कै कहाँ छन्, थाहा छैन।’उनले थपे, ‘यदि हामीसँग ठूला मेसिन भए भग्नावशेष हटाएर ती फसेका मानिसहरूलाई बाहिर निकाल्न सक्थ्यौँ।’शुक्रबार आएको विनाशकारी भूकम्पमा परी म्यानमारमा हालसम्म कम्तीमा १००२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने २३०० जनाभन्दा बढी घाइते भएका छन्।
भूकम्पको तीव्रता ७.७ मापन गरिएको थियो। यसका झट्का छिमेकी मुलुक थाईल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।भूकम्पले म्यानमार र थाईल्यान्ड दुवै देशमा ठूलो विनाश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित