हरि प्रसाद जोशी
लागुऔषध दुर्व्यसनी नेपाली समाजमा एउटा मौन महामारीका रुपमा देखिन लागेको छ । समय मै यसको उपचार हुन सकेन भने यसले पुरै समाज खोक्रोपारी काम नलाग्ने बनाउन सक्छ । अहिले जताततै लागू औषध दुर्व्यसनीहरू को सञ्जाल ठूलै बनेको छ । यसैलाई व्यपार र प्रयोग बनाईएको छ । राज्यको सुरक्षा निकाय प्रहरीहरूको यो मुख्य काम जस्तै बनेको छ । नेपालका जेलहरूमा अधिकांश संख्यामा लागू औषध दुर्व्यसनीहरूको रहेको छ । सामान्य घरानादेखि पुँजीपति घराना सम्मका बाल बालिकाहरू यस्तो दुर्व्यसनमा फसेका छन्। तिनलाई सजाय होईन सुधार र सहयोगको आवश्यकता छ । यसलाई बिरामी (रोगी) का रुपमा लिन जरुरी छ । कारागार सुधार गृह बन्न सकेका छैनन । कारागार भित्रै लागुऔषध सहजै उपलब्ध हुने र प्रयोग गरिने गरेको पनि देखिएको छ । लागुऔषध विरुद्धको अभियानहरु संचालन गरि यसलाई न्युनिकरण गर्दै समाप्त गर्न सकिन्छ । जसका लागि परिवार, स्कुल, सामाजिक संघसंस्थाहरूकासंगै प्रशासन, विभिन्न क्लबहरूको भूमिका महत्वपूर्ण रहनुपर्ने देखिन्छ । लागू औषध दुर्व्यसनीहरू लागू औषध दुर्वेशनका कारण यो एउटा मौन महामारी का रुपमा फैलिँदै गइरहेको छ । महामारी देखिने गरी आउँछ । तर दुर्व्यसनको जालो मौन रुपमा महामारीको रूप लिइरहेको छ । २१औं शताब्दीको तेज प्रविधि र आधुनिकतासँगै हाम्रो समाज एक भयाभय समस्याको चपेटामा पर्दै गएको छ । लागुऔषध दुव्र्यसनमा विशेषगरी युवाहरू फसिरहेका छन्, । जसको प्रत्यक्ष असर व्यक्ति, परिवार, समाज र राष्ट्रको भविष्यमा पर्दैछ । त्यसकारण यसका विरुद्ध सचेतनामूलक कार्यक्रमहरू गरी समाजमा चेतना फैलाउन जरुरी छ ।
लागूऔषध के हो ? लागुऔषध भन्नाले यस्ता रासायनिक पदार्थहरू बुझिन्छन् जसले मानिसको मानसिक अवस्था र शारीरिक क्रियामा अस्वाभाविक परिवर्तन ल्याउँछ । यसमा गाँजा, चरेस, ब्राउन सुगर, हिरोइन, फेन्सिडिल, डाईजेपाम, कोरेक्स, विभिन्न अनउपयोगी ट्याब्लेट, र सुईमार्फत लिइने नशा पर्दछन ।
यो कसरी फैलिन्छ ? साथीसँग संगत,चाख र फैशन,पारिवारिक समस्या वा मानसिक तनाव बेरोजगारी र निराशा, फिल्म, गीत, सामाजिक सञ्जालको गहिरो प्रभाव, परेको देखिन्छ ।
यसका असरहरू: व्यक्तिगत स्तरमा स्वास्थ्य बिग्रने, मिर्गौला, कलेजो, मस्तिष्कमा गम्भीर असर,आत्मबल कमजोर, आत्महत्याको सम्भावना, शैक्षिक, पेशागत र सामाजिक जीवन समाप्त, हुने गर्दछ ।
यसले पारिवारिक स्तरमा : झगडा, आर्थिक संकट,पारिवारिक विघटन,आमाबाबु वा पति पत्नीको मानसिक पीडा हुने गर्दछ ।
सामाजिक स्तरमा : चोरी, लुटपाट, बलात्कार जस्ता अपराधमा वृद्धि ,युवाशक्ति नष्ट हुँदै जान्छन भने सामाजिक मूल्य,र संस्कारको ह्रास हुने गर्दछ ।
राष्ट्रिय स्तरमा : मानव संसाधनको क्षति,सार्वजनिक स्वास्थ्यमा ठूलो बोझ,राष्ट्रिय सुरक्षामा असर
समाधानका उपायहरू : शिक्षा र जनचेतना विद्यालय, कलेज, मिडिया, सामाजिक सञ्जालमार्फत चेतना फैलाउनु जरुरिछ ।
पारिवारिक संवाद् अभिभावकले सन्तानसँग खुला र विश्वासिलो सम्बन्ध राख्नुपर्ने
कानुनी कारबाही : लागुऔषध बिक्री तथा ओसारपसारमा कडा निगरानी र सजाय
पुनस्र्थापना केन्द्रहरू स्थापना गरि लागुऔषधमा फसेकाहरूलाई उपचार र परामर्श दिने व्यवस्था मिलाउनु पर्ने जरुरी छ ।
युवाहरूलाई सकारात्मक संलग्नता् खेलकुद, साहित्य, संगीत, सामाजिक सेवा जस्ता रचनात्मक कार्यमा सहभागी गराउनु जरुरी छ ।
लागुऔषध एक सामाजिक महामारी हो जसले हाम्रो भविष्य बिथोलिरहेको छ । यसको नियन्त्रणका लागि सबै तहका व्यक्तिहरू अभिभावक, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, प्रशासक र स्वयं युवाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु अनिवार्य छ । “नशा होइन, शिक्षा रोजौं” भन्ने नारा व्यवहारमा उतार्न सके मात्र सशक्त, स्वस्थ र समृद्ध समाज निर्माण सम्भव छ ।


















Discussion about this post