सार्थक ब्यूरो ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले देश र जनताको वृहत्तर हितलाई प्राथमिकता दिँदै सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको स्पष्ट पार्नुभएको छ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो। सो प्रकरणले पछिल्लो समय राष्ट्रिय राजनीतिमा व्यापक बहस निम्त्याएको छ।
दोस्रो सहमतिका रूपमा उहाँले संसद्मा लामो समयदेखि अवरुद्ध हुँदै आएका निजामती र शिक्षा क्षेत्रसम्बन्धी कानुन छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको र त्यसैका लागि सदनको गतिरोध अन्त्य गरिएको उल्लेख गर्नुभयो।
संसद्ले विधेयक पारित नगर्दा राज्यको संयन्त्र नै प्रभावित भइरहेको छ। कानुन नहुँदा शिक्षा सुधार, कर्मचारी व्यवस्थापन जस्ता महत्वपूर्ण विषय रोकिएका छन अध्यक्ष दाहालले भन्नुभयो।
उहाँले यसै अवसरमा पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिहरू पुनः सक्रिय राजनीतिमा आउने प्रसंगमा स्पष्टता ल्याउन कानुनी आधार निर्माण जरुरी भएको धारणा पनि व्यक्त गर्नुभयो।
दाहालको भनाइले स्पष्ट संकेत गर्छ, मुलुकको नीतिगत जटिलता समाधान गर्न, छानबिन सुनिश्चित गर्न र कानुनी अन्योल हटाउन अहिले दलहरूबीच सहकार्य अपरिहार्य भइसकेको छ।


















Discussion about this post