सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।मंगलबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विपद् पूर्वानुमान, तयारी र सहजीकरणू विषयक विशेष बैठकमा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्।उहाँले वडास्तरबाटै जनप्रतिनिधिहरूसँग समन्वय गरेर जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि आवश्यक तयारी गर्न जोड दिनुभएको छ। विपद् व्यवस्थापन प्रभावकारी हुन स्थानीय सरकार, सुरक्षा निकाय र साझेदार संस्था बीचको समन्वय अत्यावश्यक छ, मुख्यमन्त्री शाहले भन्नुभयो।
बैठकमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू, सुदूरपश्चिम प्रदेशका सुरक्षा निकाय प्रमुखहरू, नेपाल रेडक्रस सोसाइटी, युएनडिपी र विश्व खाद्य कार्यक्रम का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा बहादुर सार्की,प्रदेश प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल,मन्त्रालयका सचिव डा. बीरेन्द्रकुमार मिश्र
कैलालीका सिडिओ गोगनबहादुर हमाल,कञ्चनपुरका सिडिओ लक्ष्मण ढकाल,प्रहरी डिआइजी डम्बरबहादुर बिक लगायत सहभागी थिए।
मुख्यमन्त्री शाहले मनसुनको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रदेश सरकारले पूर्वतयारी योजनालाई तीव्रता दिनुपर्ने र विपद् आउनु अघि नै सूचना प्रवाह, उद्धार टोली तयारी, जोखिम क्षेत्रको पहिचान तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।


















Discussion about this post