दैनिक हात्ती आउन थालेपछि शुक्लाफाँटा निकुञ्ज किनारका वस्तीमा सन्त्रास

सार्थक ब्यूरो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारका वस्तीमा केही दिनदेखि हात्ती आउन थालेपछि त्रास मच्चिएको छ । भीमदत्त नगरपालिका १५ मा निकुञ्ज किनारका वस्तीमा दैनिक हात्तीको बथान आउन थालेपछि स्थानीय त्रसित छन् ।
स्थानीयका अनुसार पुच्छर काटिएका एउटा सहित दुई हात्ती छावा सहित वस्तीमा आउने गरेका छन् । राति ९ बजेपछि हात्ती बथान सहित आउन थालेपछि स्थानीयले सुत्न पाएका छैनन् ।
मंगलबार राति कालिका टोल र राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालय नजिक आएको स्थानीय दिपक भण्डारीले बताए ।
हात्तीलाई पटाका पड्काए, थाल बजाएर भगाउने गरिएको भण्डारी बताउँछन् । ‘हात्ती आएपछि त्रास छ, कुन बेला के हुने भन्ने डर छ’ उनले भने,‘कति बेला के हुने हो भन्ने त्रास छ’ उनले भने ।
तीन दिन अघि कालिका टोलमा ३० हजार बराबरको क्षति गरेको थियो । स्थानीय बिमला बिष्टको ईटाले बनेको टिनले छाएको भन्सा घर भत्काएको थियो ।
उक्त भान्साघर भित्र रहेको धान, गँहु, आटा र अन्य समान गरी ३० हजार बराबरको क्षति गरेको स्थानीयले बताएका छन । अन्य मानवीय चौपाया क्षति केही नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित