सार्थक ब्युरो। नेकपा माओवादी केन्द्र भीमदत्त नगर कमिटीका ४९ सदस्य चयन भएका छन् । दोस्रो नगर अधिबेशनको बन्द सत्रबाट भीनमा १९ वडाबाट सदस्य चयन गरिएका छन् ।
भीमदत्त नगरपालिका ६ नम्बर वडा कार्यालयस्थित सामुदायिक भवनमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले अधिवेशन उदघाटन गरे ।
उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका कन्चनपुर इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट, जिल्ला संयोजक खेम राज पाण्डेय लगायत नेताहरू सहभागी भए ।माओवादी केन्द्रका नेता शङ्कर कुवरले बिहिवार पार्टी कार्यालयमा निर्वाचित सदस्यबिच छलफल गरि अध्यक्ष सहित पदाधिकारी चयन गरिने जानकारी दिए ।








Discussion about this post