माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी

केशव थापा

कञ्चनपुर । नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा आनन्द सिह धामी चयन भएका छन । माओवादी केन्द्र भीमदत्त नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा धामी चयन भएका हुन । २७ साउनदेखि शुरु भएको माओवादी भीमदत्त नगरको अधिवेशन २९ साउनमा सहमतीय आधारमा नगर कमिटि टुङगो लगाएको जनाएको छ ।

माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्र बिसीले सहमतीय आधारमा धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटि चयन गरिएको बताए । उपाध्यक्षमा कमल नेपाली, नारु सिह, गणेश बहादुर चन्द, सचिव बीर बहादुर नेपाली, सहसचिव तेजेन्द्र ऐर, आशा चौधरी, कोषाध्यक्ष शोभा टमाटा रहेका छन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव क्षेत्र ३ इन्चार्ज लोकेन्द्र लम्साल, क्षेत्र ३(क) इन्चार्ज एव केन्द्रीय सदस्य माया नेगी, कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, संयोजक खेमराज पाण्डेय,भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, युवा नेता बिरेन्द्र राज विष्ट सहितका नेताहरुले नयाँ नगर कमिटिलाई बधाई तथा शुभकामना दिर्दै पाटीको कामकाजमा खटिन निर्देशन दिएका छन ।

नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष आनन्द सिह धामीले नगरमा पाटीलाई चुस्त दुरुस्त बनाउँदै अघि बढ्ने प्रतिज्ञा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित