सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र ८, आईतवार ७:०८
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट

सार्थक ब्युरो। कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन् ।
रजस्वला भएका बेला वर्षौँदेखि छुट्टै छाउगोठ बनाएर बस्दै आउनुभएका देवताका धामी मानिने वेदकोट नगरपालिका–१० चतहरीका अन्दाजी ५५ वर्षीय कलासा चुनाराले छाउगोठ भत्काउँदै वास्तवमै यो कुप्रथा भएकाले यसलाई हटाउनुपर्ने बताउनुभयो । वर्षौँदेखि छाउगोठमा बस्दै आएका उहाँले रजस्वलाका बेला घरमै बस्ने प्रतिबद्धता जनाउनुभयो ।
“रजस्वला भएका बेला छुट्टै नबसे देवीदेवता रिसाउने अन्धविश्वासका कारण छाउगोठ नै बनाएर अलग्गै बस्दै आएका थियौँ’’, उहाँले भन्नुभयो, ‘‘यो त महिलाहरूमा गर्भधारणको प्रक्रिया भएकाले छुट्टै गोठ बनाउन जरुरी नभएको बुझेपछि छाउगोठ भत्काउन सहयोग गरेकी हुँ ।”
गत बिहीबार छाउगोठ भत्काउँदै सोही ठाउँका मिस्रा चुनाराले वर्षौँदेखि यो कुप्रथालाई त्याग्न नसकिएको बताउनुभयो । “यस पटक जिल्लामा छाउगोठ हटाउने अभियान नै थालिदा चेत खुलेको छ, अब मसहित छोरी, बुहारी कसैलाई पनि छाउगोठमा बस्न पठाउँदिन ।” उहाँले भन्नुभयो ।
शुक्रबार वेदकोट नगरपालिका–१० स्थित दुर्गम बस्ती चतहरीमा वडा कार्यालयको आयोजना र स्वीट नेपालको सहकार्यमा छाउगोठसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सहभागीहरूले छाउगोठलाई मनैबाट हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाउगोठ बारेर देवीदेवता खुसी हुने भन्ने गलत धारणाले महिलाहरू छुट्टै बस्दै आएकाले यसलाई मनैबाट हटाउनुपर्ने बताउनुभयो ।
महिनावारी भएका बेला छुट्टै गोठ बनाएर बस्दै आएका यहाँका महिलाहरू अब भने छाउगोठ भत्काउन अग्रसर हुनुभएको पालिकाका उपप्रमुख जोशीले बताउनुभयो । छाउपडी प्रथा नभई यो कुप्रथा भएकाले यस कुरीतिलाई पखाल्न जरुरी रहेको उहाँले बताउनुभयो ।
वडा नम्बर १० का अध्यक्ष रतन सिंह विष्टले दलित, जनजातिको बसोबास रहेको यस दुर्गम बस्ती चतहरीमा छाउगोठसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सदरमुकामभन्दा टाढा शुक्लाफाँटा निकुञ्ज क्षेत्रसँग जोडिएको यस बस्तीका महिलाहरू छुट्टै छाउगोठमा बस्दै आउनुभएको थियो । तर अहिले जनचेतना सँगै छाउगोठसम्बन्धी अन्तरक्रिया गरिँदा महिलाहरूले छाउगोठमा नबस्ने प्रतिबद्धता जनाउँदा दुर्गमबाटै छाउगोठको निवारण जरुरी देखिएको अध्यक्ष विष्टले बताउनुभयो ।
स्थानीय सरकार, प्रहरी प्रशासनको उपस्थितिमा स्थानीयहरूले छाउगोठ भत्काएपछि शुक्रबार उनीहरूकै घरआगनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले छाउगोठ जन्य कुप्रथाहरूलाई सबैले हटाउनुपर्ने बताउनुभयो । छाउगोठमा बस्नु कानुन सम्बद्ध तरिकाले पनि अनुचित रहेको उहाँले बताउनुभयो । यदि कसैले रजस्वलाको बेला छुट्टै छाउगोठमा बसेको पाइए, रजस्वलाका बेला अमानवीय व्यवहार गरेको पाइए तीन महिना कैद सजायसम्म हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा बोलनुहुँदै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पश्चिम क्षेत्रमा देखिएको छाउपडी जन्य कुप्रथाको निवारण गरिनु जरुरी रहेको बताउनुभयो । मानिस सबल र सक्षम हुँदै गए यी कुप्रथाहरूलाई नअँगाल्ने उहाँले बताउनुभयो । छाउगोठ बसे वा यसलाई माने कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
छाउगोठ भत्काउनेलाई खाट उपलब्ध गराइने छाउगोठ भत्काएका परिवारलाई वेदकोट नगरपालिकाले खाट उपलब्ध गराउने भएको छ । वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाउगोठ भत्काएर कुप्रथा हटाउन अग्रसर भएका महिलाहरुलाई खाट उपलब्ध गराइने बताउनुभयो । छाउगोठ सामाजिक कुप्रथा भएको र यसले महिलाहरूलाई झन् पीडामा पार्ने काम गरेको नगर प्रमुख बोहराले बताउनुभयो । वडा नम्बर १० मा २४ परिवारले छाउगोठ भत्काएर महिनावारी भएका बेला सुत्नलाई समस्या हुने बताएपछि नगरप्रमुख बोहराले खाट उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको हो ।गत असार २८ गते छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईको पर्सले डसेर ज्यान गएपछि जिल्लाका सबै अन्य पालिकामा पनि छाउगोठ भत्काउन थालिएको हो । वेदकोट नगरपालिकामा अभियान नै चलाएर छाउगोठ भत्काइँदै आएको छ ।

Previous Post

थारूका मुद्दा स्थापित गर्न सहयोग आवश्यक

Next Post

युवा बाहिरिँदा गाउँ पनि रित्तो

Next Post
युवा बाहिरिँदा गाउँ पनि रित्तो

युवा बाहिरिँदा गाउँ पनि रित्तो

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.