सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

युवा बाहिरिँदा गाउँ पनि रित्तो

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र ८, आईतवार ७:१२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
युवा बाहिरिँदा गाउँ पनि रित्तो

सार्थक ब्युरो। बाजुराका गाउँ बस्ती यतिबेला खाली हुँदै गएका छन् । साउनको महिना यहाँ सबै स्थानीय रोजगारी गर्नका लागि भारत जान थालेसँगै यहाँका गाउँबस्ती खाली भएका हुन् ।
असार खेती लगाएर साउन महिनामा भारतमा रोजगारी गर्नका लागि जाने यहाँको प्रचलन छ । त्यही प्रचलनका कारण अहिले यहाँका गाउँबस्ती खाली हुँदै गएको बूढीगङ्गा नगरपालिका – २ भानसिहं थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा प्रशस्त जमिन भए पनि त्यो जमिनमा अहिलेसम्म सिँचाइ सुविधा छैन । खेती लगाउँ भने सबै सुकेर जान्छ । परिश्रम गरे अनुसारको फल मिल्दैन । यहाँ भोकै बस्न सकिँदैन ।’’
आफू उच्च शिक्षा पढेको छु । तर गाउँमा रोजगारी पाइँदैन अन्य गरी खाने केही उपाय छैन । छोरा छोरीको पढाइ खर्च र आफ्नो भोको पेट पाल्नकै लागि भए पनि यतिबेला भारतमा रोजगारी गर्न जान लागेको थापाले बताउनुभयो ।
गाउँमा रोजगारीका अवसर नमिल्दा बाजुराका अधिकांश स्थानीयहरु असारमा खेती लगाएर साउन भदौमा सधैँ यसरी नै रोजगारी गर्न भारतमा जाने गर्छन् ।
कात्तिक मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि उनीहरु कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।
यहाँका अधिकांश स्थानीय माघमा माघि चैत वैशाखमा वीसु र असोज कात्तिकमा दशैँ तिहार मनाउन मात्र गाउँमा फर्किने गर्दछन् ।हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् । खेती लगाउँ भने पनि गाउँमा प्रशस्त जमिन छ । तर त्यो जमिनमा खेती गर्नका लागि सिँचाइ छैन ।यो अवस्थालाई यहाँका स्थानीय सरकारले मध्यनजर गरिदिएको भए स्थानीयले यसरी गाउँ छोडेर अर्कोको देशमा काम गर्न जानुपर्ने अवस्था हुने थिएन ।यता असोजदेखि कात्तिकसम्म गाउँमा परदेशीले भरिभराउ हुन्छ । त्यसपछि मङ्सिर लाग्छ सबै फेरि कामको खोजीमा भारत जान सुरु गर्छन् ।
गाउँबस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले बढी छ । पहिला बाढीपहिरोले खासै त्यति असर गर्दैनथ्यो । अहिले जिल्लाका अधिकांश गाउँबस्ती पहिरोले तहसनहस पार्दै गएकाले अहिले यहाँका अधिकांश गाउँबस्ती रित्तिँदै गएका हुन् ।
जिल्लाका बूढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमूल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बूढीनन्दा नगरपालिका लगायतका अधिकांश गाउँबस्ती यतिबेला खाली भएका छन् ।
यहाँका स्थानीयको आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु असार खेती लगाए धमाधम भारतमा जान थालेपछि यती बेला यहाँका गाउँबस्ती खाली हुँदै गएको छ ।
गाउँका युवाहरुलाई गाउँमै गरी खाने व्यवस्था मिलाउँनका लागि यहाँका स्थानीय, प्रदेश र सङ्घीय केही गरेको छैन । यहाँका बेरोजगार युवालाई गाउँमै रोजगारी दिने गरी स्थानीय सरकारले पहल कदमी गर्दै आएको भए पनि यी गाउँ बस्तीका स्थानीय भारतमा जानुपर्ने थिएन ।
गाउँमा हुने गरेका विकास निर्माणका काममा पनि ठेक्का दिने र ठेकेदारले आफू अनुकूलका कामदार ल्याउने गरेकाले पनि धेरै युवा गाउँमा काम पाउँदैनन् । गाउँमा भएका काममा पनि डोजरको प्रयोग गर्नु र त्यसमा पनि अन्य ठाउँदेखि सस्तोमा काम गर्ने कामदार ल्याउँदा पनि यहाँका युवा सधैँ बेरोजगार बन्दै गएका हुन् ।
प्रधानमन्त्री स्वरोजगारको काम बाहेक अरु युवालाई दिन सक्ने काम केही छैन । त्यसमा पनि थोरैले काम पाउँछन् । गाउँमा धेरै हुन्छन् । काम थोरैले पाउँछन् ।
युवालाई गाउँमा रोक्न सक्ने त्यस्तो खालको रोजागारीको व्यवस्था गर्न नसकेकाले पछिल्लो समय यहाँका धेरै युवाहरु कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गरेको बुढीगङ्गा नगरपालिका वडा नं –१ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

Previous Post

कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट

Next Post

थारू बस्तीमा अट्वारीको रौनक छाएको छ

Next Post
थारू बस्तीमा अट्वारीको रौनक छाएको छ

थारू बस्तीमा अट्वारीको रौनक छाएको छ

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.