सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

घर–घरको चहलपहल हराउँदै, तीज अब होटल–प्यालेसमा सीमित

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ भाद्र ९, सोमबार ८:५७
in Breaking (With Image), समाचार
0
घर–घरको चहलपहल हराउँदै, तीज अब होटल–प्यालेसमा सीमित

सार्थक ब्युरो।हिन्दु महिलाहरुको महान चाड तीजले नेपालको सांस्कृतिक जीवनमा विशेष महत्व राख्छ । तर पछिल्ला वर्षमा तीजको रौनक घर–घर र गाउँ–सहरका चोकमा कम हुँदै, होटल र पार्टी प्यालेसमा सीमित हुने प्रवृत्ति बढेको छ। सुनचाँदी पसलदेखि साडी–सुट, बुटिक र कस्मेटिक पसलसम्म ग्राहकको भीड देखिए पनि यसपाली व्यापार अपेक्षाकृत सुस्त देखिएको छ। सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि तीजको अवसरमा कार्यक्रम आयोजना गरिरहे पनि त्यो परम्परागत आत्मीयता र सांस्कृतिक मूल्य झल्किने अवस्था छैन।

धनगढी पुष्पलाल चोककी ६० वर्षीया बेलु बैस्यले मौलिक तीज हराउँदै गएकोमा दुःख व्यक्त गर्दै भनिन्, “हाम्रो पालामा दिदी–बहिनी स्कुल मैदान वा ठूलो चौरमा भेला भएर गीत–संगीत र नाचगान गर्थ्यौं। अहिले तीज होटलमा मात्रै सीमित भएको छ। पहिलेको जस्तो रौनक हराएको छ, बेथिति मात्र बढेको छ।” उनले अहिलेको तीजलाई प्रतिस्पर्धा र देखावटी पर्व भएको बताइन्, जहाँ दिदी–बहिनी भेट्दा दुख–सुखको साटासाट नभई गहना र महँगो सारी प्रदर्शन मात्रै प्राथमिक बन्न पुगेको छ।

व्यापार क्षेत्रमा पनि यो प्रवृत्तिले मिश्रित प्रभाव देखाएको छ। धनगढी हुलाकरोडस्थित न्यू पशुपति सुनचाँदी पसलका सञ्चालक विवेक सोपका अनुसार, “पहिले दैनिक भीड हुन्थ्यो, तर यसपाली ग्राहकको संख्या धेरै घटेको छ। सुनको मूल्य र अनलाइन व्यापारले भौतिक पसलको चहलपहल घटाएको छ।”

अनलाइन कारोबारको बढ्दो प्रभावले स्थानीय बुटिक र पसललाई ठूलो चुनौती दिएको छ। सल्मा बुटिककी सञ्चालक सल्मा कुँवरले बताइन्, “पहिले दैनिक १ सय ५० सम्म ग्राहक आउँथे, अहिले २५–३० मात्र आउँछन्। अनलाइन अर्डर बढे पनि भौतिक व्यापार घाटामा छ।” ग्राहकहरू घरमै बसेर मोबाइलमार्फत सामान अर्डर गर्न थालेपछि पसलमा भीड घटेको छ, जसले मासिक खर्च व्यवस्थापनमा कठिनाइ थपेको छ।

स्थानीय बजार सुस्ताउनुको अर्को प्रमुख कारण खुला सीमा नाका रहेको व्यापारीहरूले जनाएका छन्। भारतीय सामान सजिलै प्रवेश गर्दा सस्तोमा पाइने र गुणस्तर कम हुने भए पनि ग्राहकहरूले सस्तो प्राथमिकता दिने प्रवृत्ति स्थानीय व्यवसायलाई प्रभावित बनाइरहेको छ। उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले भने, “घरखर्चका लागि दैनिक अर्डर भएर भन्सार नलाग्दा बजार र राजश्व दुवैमा असर परेको छ।

”तीजको मौलिकता हराउँदै होटल–प्यालेस र अनलाइनमा सीमित हुनु सांस्कृतिक क्षति हो। पहिलेको जस्तो दिदी–बहिनी भेटघाट, आत्मीयता र सांस्कृतिक रौनक अहिले कम देखिन्छ। साथै, खुला सीमा नाका र अनलाइन व्यापारले स्थानीय व्यवसायलाई चुनौती दिएको छ। यसले भौतिक बजारमा व्यापार सुस्त हुनुका साथै स्थानीय उत्पादन र आर्थिक सशक्तिकरणमा पनि असर पुर्‍याएको छ।

Previous Post

बेलडाँडी  बहुबर्षे चक्रपथ निर्माणमा चरम ढिलासुस्ती

Next Post

गौरा पर्व भदौ १२ गतेदेखि सुरु, भदौ १५ गते मुख्य दिन अठवाली

Next Post
गौरा पर्व भदौ १२ गतेदेखि सुरु, भदौ १५ गते मुख्य दिन अठवाली

गौरा पर्व भदौ १२ गतेदेखि सुरु, भदौ १५ गते मुख्य दिन अठवाली

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.