सार्थक ब्यूरो ।सुदूरपश्चिममा जेनजी समूहले सञ्चालन गरेको आन्दोलनको क्रममा देखिएको उग्रता र त्यसले निम्त्याएको भौतिक विनाश अब गम्भीर चिन्ताको विषय बनेको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलित विवरणअनुसार हालसम्म २३३ वटा भौतिक संरचना र ६ सय ८८ वटा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी र लुटपाटबाट क्षति पुगेको तथ्य बाहिर आएको छ।प्राप्त विवरण अनुसार सबैभन्दा बढी कैलालीमा ६६७, कञ्चनपुरमा १७, डोटीमा ४ ,बिषेश गरि मन्त्रालय, अदालत, प्रशासन, भन्सारलगायतका सरकारी कार्यालयहरूमा राखिएका सवारीहरू मुख्य निशाना बनेका छन।यसका अतिरिक्त कुल २३३ भौतिक संरचना भवनमा आगजनी वा तोडफोड गरि झति गरिएको छ।जसमा १५ प्रहरी कार्यालय, १४९ सरकारी कार्यालय, ३५ निजी र व्यापारिक भवन, ३४ पार्टी कार्यालय,७ अस्थायी ट्राफिक पोष्ट पनि तोडफोड र जलाइएका छन।
२३ भदौंमा सरकारी दमनबाट १९ युवाको ज्यान गएको घटनाले आन्दोलनलाई नयाँ मोडमा पुर्यायो। त्यसपछि अर्को दिनैदेखि प्रदर्शनकारीहरू सरकारी कार्यालय, जनप्रतिनिधि र नेताहरूका निजी निवासहरूसम्म पुगेर तोडफोड, आगजनी र लुटपाटमा उत्रिए।
यसले के देखाउँछ कि —आन्दोलन योजनाबद्ध दवावमूलक प्रदर्शनबाट हिंसात्मक प्रतिशोधतर्फ मोडियो,स्थानीय प्रशासनको सुरक्षा तयारी कमजोर देखियो,र आन्दोलनकारीहरूको आक्रोश राज्यप्रति गहिरो असन्तोषको सङ्केत हो।
व्यापक भौतिक विनाशले राज्य संरचनाको प्रतीकहरू नै लक्षित भएको देखिन्छ, जसले राजनीतिक अस्थिरताको जोखिम बढाउँछ।क्षतिको परिमाण ठूला भए पनि आर्थिक मूल्याङ्कन अझै नपुगेको अवस्थाले राज्यको तयारी र दायित्वबोधमा प्रश्न खडा गर्छ।प्रहरी कार्यालय, सरकारी भवन र पार्टी कार्यालयहरूमा केन्द्रित आक्रमणले आन्दोलन सत्ता र संस्थागत व्यवस्था विरुद्धको गहिरो असहमति झल्काउँछ।
यो घटनाले जेनजी आन्दोलनको सामाजिक-राजनीतिक जरा गहिरो छ भन्ने कुरा स्पष्ट गरेको छ। उग्रताको कारण तत्काल सम्बोधन नगरेसम्म अझ ठूलो विनाशको सम्भावना रहन्छ।
त्यसैले अब आवश्यक छ —
पीडितहरूलाई न्याय दिने निष्पक्ष छानबिन,आन्दोलनकारीहरूका माग सम्बोधन गर्ने उच्चस्तरीय वार्ता,र दीर्घकालीन शान्ति तथा पुनर्निर्माणका लागि स्थानीय तहसम्म समावेशी संवाद।
यदि राज्यले यसलाई केवल ‘कानूनी समस्या’ ठानेर दमन मात्रै गर्यो भने, यसले असन्तोषलाई अझ गहिर्याउनेछ र भविष्यमा अझ उग्र आन्दोलन जन्माउन सक्छ।








Discussion about this post