कक्षा १२ को मौका परीक्षा असोज ७ र ८  गते सञ्चालन हुने

सार्थक ब्यूरो ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिए पनि देशको वर्तमान परिस्थितिका कारण बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो।बोर्डका अनुसार, असोज ७ गते अनिवार्य अंग्रेजी (कोड ००४१) को परीक्षा सञ्चालन हुनेछ। एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीले उक्त दिन अंग्रेजी परीक्षा दिनेछन् भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफ्नो विषयमध्येको सानो कोड नम्बर भएको विषय, अर्थात् अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै परीक्षा दिनेछन्। यसमा, पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (कोड ००२१) को परीक्षा हुनेछ।

त्यस्तै, असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। यसै दिन अनिवार्य अंग्रेजी (००४१) को परीक्षा पनि सञ्चालन हुनेछ। बोर्डले परीक्षा केन्द्र पहिले नै निर्धारण भइसकेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित