अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा

सार्थक ब्यूरो । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सम्पन्न भएको छ। करिब दुई सय नेपाली उद्यमीहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागिता उत्साहजनक देखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन विशेष शैलीमा गरिएको थियो। प्रमुख अतिथिको रूपमा आठ वर्षीया अन्या श्रेष्ठले बिरुवामा पानी हालेर सम्मेलनको शुभारम्भ गरिन्।
नेपाल तथा अमेरिकाबाट आएका प्रतिष्ठित वक्ताहरूले उद्यमशीलताको महत्त्वबारे आफ्ना विचार प्रस्तुत गरेका थिए। नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी विशेष अतिथि रहेका थिए। त्यस्तै अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली, फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध दाहालले उद्यमशीलताको अनुभव साझा गरे।
सजन गौतमको सहजीकरणमा भएको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरीले उद्यम र आर्थिक वृद्धिका चुनौती तथा अवसरबारे विचार व्यक्त गरे।
यसैबीच, साधारण सभाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा सविन्द्र थापा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राज प्रकाश भण्डारी र राम हरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की, सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन्। त्यस्तै, सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित