ओली अस्वस्थ, एमाले सचिवालय बैठक स्थगित

सार्थक ब्यूरो। नेकपा एमालेको सचिवालय बैठक आजका लागि स्थगित गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगित गरिएको हो। उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबारको बैठक करिब आठ घण्टा लामो भएकाले ओली थकित भएका छन्। उनले भने, “अध्यक्षज्यूलाई विश्राम आवश्यक भएकाले आजको बैठक स्थगित गरिएको हो। भोलिदेखि बैठक निरन्तर हुनेछ।”
पार्टी सचिवालयका एक सदस्यका अनुसार सचिवालय बैठक भोलि (आइतबार) बिहान ११ बजे पुनः बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित