सार्थक ब्यूरो । जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका घटनाबारे अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले पछिल्लो एक वर्षमा देशभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पाएको वैदेशिक सहायता विवरण माग गरेको छ। आयोगले यसका लागि समाज कल्याण परिषद्लाई आधिकारिक पत्र पठाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार अनुसन्धान प्रक्रियाको भागका रूपमा एक वर्षको अवधिमा एनजीओ र आइएनजीओहरूले पाएका सहयोग रकम र त्यसको प्रयोग विवरण मागिएको हो। “हामीले परिषद्लाई वैदेशिक सहायता सम्बन्धी विवरण उपलब्ध गराउन अनुरोध गरेका हौं, यो नियमित तथ्य संकलनको हिस्सा हो,” कार्कीले स्पष्ट गरे।
जेन–जी आन्दोलनमा संलग्न केही व्यक्ति र उनीहरू आबद्ध संस्थाहरूको आर्थिक स्रोतबारे उठेका प्रश्नपछि आयोगले परिषद्मार्फत सहायता रकम र खर्चको तथ्याङ्क झिकाएको बताइएको छ। आयोगले भने यो माग कुनै विशेष संस्था वा समूह लक्षित नभई समग्र राष्ट्रिय स्तरका संघसंस्थाहरूमा केन्द्रित रहेको स्पष्ट पारेको छ।
आयोगले मागेको विवरणमा केवल वैदेशिक अनुदानमार्फत सञ्चालित संस्थाहरूको तथ्याङ्क समावेश हुनेछ। नेपालभित्रै सञ्चालन र आन्तरिक स्रोतबाट सहयोग पाउने संघसंस्थाहरूले भने आफ्नो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउने व्यवस्था रहेको समाज कल्याण परिषद् स्रोतले जनाएको छ।








Discussion about this post