ओलीले सर्वोच्चमा बुझाए लिखित जवाफ : ‘अराजक घटनाबाट लाभ उठाउने नै अहिलेको सत्ता’

सार्थक ब्यूरो ।संसद पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतमा दायर रिटप्रति टिप्पणी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का दिन देखिएका आगजनी तथा अस्थिरताका घटनाबाट राजनीतिक लाभ उठाउनेहरू नै आज सत्ता सञ्चालन गरिरहेका व्यक्तिहरू भएको दाबी गरेका छन्। उनले लिखित जवाफमार्फत यिनै शक्तिहरू वर्तमान अवस्थाका मूल कारक भएको उल्लेख गरेका छन्।
सर्वोच्च अदालतमा बुझाइएको जवाफमा ओलीले  प्रधानमन्त्री सुशीला कार्की र उनका मन्त्रिपरिषद्का सदस्यहरूले ‘प्रत्यक्ष तथा परोक्ष रूपमा राज्यसत्ता हत्याउने कदम चालिएको’ आरोप लगाएका छन्। घटनाक्रमहरूले पनि त्यो पुष्टि गरेको उनको भनाइ छ।
पूर्वमहान्यायाधिवक्ता रमेश बडालले सार्वजनिक गरेको लिखित जवाफका अंशअनुसार, संविधानप्रति निष्ठावान् रहने भनेर शपथ ग्रहण गरेको केही समयमै कार्कीले संविधानविरुद्ध संसद विघटन गरेको र उक्त निर्णय पूर्णतः अवैधानिक रहेको उल्लेख छ।
ओलीले संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनको प्रक्रिया राष्ट्रपतिले प्रारम्भ गर्नुपर्ने स्पष्ट प्रावधान हुँदाहुँदै, त्यसलाई बेवास्ता गर्दै सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु संविधानको प्रत्यक्ष उल्लंघन भएको टिप्पणी गरेका छन्। ‘पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय संविधानको स्पष्ट मर्मविपरीत छ,’ ओलीको जवाफमा भनिएको छ।
उनका अनुसार, प्रतिनिधिसभा विघटनका लागि मन्त्रिपरिषद्को सिफारिस आवश्यक हुँदाहुँदै पनि त्यो प्रक्रिया नभएको र संवैधानिक शासन पद्धतिलाई हेप्ने ढंगमा निर्णय भएको आरोप पनि समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित