सार्थक ब्यूरो ।सुदूरपश्चिमको धनगढीमा शुक्रबार नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजित पार्टी एकता सन्देश समारोह सुरु भएको छ। कर्भडहलमा आयोजना गरिएको कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरूको उपस्थिति रहनेछ।
कार्यक्रम अघि धनगढी चौराहादेखि क्याम्पस चोकसम्म र्याली निकालेर सहभागीहरू सभास्थलतर्फ प्रस्थान गरेका थिए। गत कात्तिक १९ गते राजधानीमा आयोजित कार्यक्रममा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न वाम समूहबीच एकता घोषणा भएपछि पार्टीले देशभर सन्देश सभा आयोजना गरिरहेको छ।
पार्टी एकीकृत प्रक्रियाको जानकारी जनस्तरमा पुर्याउन नेकपाले सातै प्रदेशका प्रमुख शहरमा सन्देश सभा गर्ने योजना सार्वजनिक गरेको छ। सो क्रममा शनिबार लुम्बिनी प्रदेशको दाङ–देउखुरीमा सभा हुने कार्यक्रम छ। त्यस्तै, १४ मंसिरमा गण्डकी प्रदेशको पोखरा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगर र १७ मंसिरमा काठमाडौंमा उपत्यका विशेष कार्यक्रम तय गरिएको छ।
यही क्रममै १८ मंसिरमा सुर्खेत, २० मंसिरमा जनकपुर र १९ मंसिरमा संघीय समन्वय प्रदेशअन्तर्गत अर्को कार्यक्रम राजधानीमै हुने बताइएको छ। अन्तिममा २१ मंसिरमा प्रवासी प्रदेशहरूको संयुक्त भर्चुअल सन्देश कार्यक्रम गर्ने तयारी गरिएको नेकपाले जनाएको छ।


















Discussion about this post