सिंहदरबारका पुनर्निर्माण कार्य छिट्टै अघि बढ्ने आशा

सार्थक ब्यूरो । हालै सिंहदरबार परिसरमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ को घटनाले क्षतिग्रस्त बनेका संरचनाहरू चाँडो मर्मत–पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन्।
उनले विभिन्न कार्यालयहरूको निरीक्षण गर्दै मुख्य सरकारी केन्द्रका भवनहरू भत्किएको दृश्यले आफू दुःखी भएको बताइन्। पूर्वराष्ट्रपतिका अनुसार सरकार पुनर्निर्माण प्रक्रियालाई प्राथमिकता दिनेछ भन्ने अपेक्षा गरिएको छ।
भण्डारीले यस्ता तनावपूर्ण घटना दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई सुझावसमेत दिइन। सिंहदरबारको पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत क्षतिग्रस्त संरचना अवलोकन कार्यक्रमका क्रममा उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गरेका थिए।अवलोकनपछि पूर्वराष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटघाट गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित