एमाले महाधिवेशनको दोस्रो दिन: धमाधम उम्मेद्वारी फारम लैजादै

सार्थक ब्यूरो । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम लैजाने क्रम जारी छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ । निर्वचन आयोगका एक सदस्यल् दिएको जानकारी अनुसार हालसम्म करिब १ हजार जनाले उम्मेद्वारी फारम लगेका छन् ।
महाधिवेशन स्थलमा अध्यक्ष केपी शर्मा ओली आइपुग्नु भएको छैन । विभिन्न प्रदेशका प्रतिनिधिीहरु आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यका बारेमा छलफल गरिरहेका छन । प्रदेशका प्रतिनिधीहरु छलफल गरेर सर्वसहमत नाम पठाउने तयारी गरिरहेका छन् । तर अधिकांस प्रतिनिधी उम्मेद्वार बन्न इच्छुक रहेकोले समस्या भएको बताएका छन् ।
मधेस,कर्णाली,सुदुरपश्चिम उपत्यका विशेष लगायतका प्रतिनिधिहरु छलफलमा ब्यस्त रहेका छन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले १०।३० देखि १।३० सम्म समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित