लक्ष्मी दत्त पाण्डेय
पाटन नगरपालिका बैतडीका नगर प्रमुख गौरी सिह रावलले कुटिर उद्योग स्थापना गर्न नगरपालिकाले आवश्यक सहयोग गरिरहेको वताउनु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बैतडी द्धारा आयोजित अचार तथा गुन्दु्रक सम्वन्धी ७ दिने सीप विकास तालिमको पाटनमा समापन गर्दै नगर प्रमुख रावलले प्रत्येक पालिकामा रहेका लघुउद्यम विकास शाखा मार्फत आय आर्जनका घरेलु उद्योगमा सहयोग गर्नु पर्ने खाँचो रहेको वताउनु भएको हो ।
सोही कार्यक्रममा वोल्दै पाटन नगरपालिकाका नगर उप–प्रमुख कमल सिह वोहराले कुटीर उद्योगवाट उत्पादीत अचारका लागि वजार खोज्न आफु तत्पर रहेको वताउनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख जय वहादुर कुँवरको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पाटन नगरपालिका भित्रका १८ जना महिला उद्यमीको सहभागीता रहेको थियो ।


















Discussion about this post