सार्थक डेस्क। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले निर्वाचन कार्यतालिका स्थगनको मागसहित निर्वाचन आयोगमा ध्यानाकर्षण गराएको छ।
पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा गएको टोलीले हाल लागू निर्वाचन तालिका तत्काल रोक्न आग्रह गरेको देउवा पक्षका नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ। तर कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको समूहलाई आयोगले औपचारिक मान्यता दिएसँगै त्यसको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ।
उक्त मुद्दाको सुनुवाइ पनि माघ ६ गते नै तोकिएकाले अदालतको निर्णय आउँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउनुपर्ने मागसहित आयोगलाई ज्ञापन गराइएको जनाइएको छ।


















Discussion about this post