सार्थक ब्यूरो। नेपाली प्रयोगकर्ताको आवश्यकता र डिजिटल व्यवहारलाई ध्यानमा राखेर विकास गरिएको ‘नेपा : एप’ सार्वजनिक गरिएको छ। डिजिटल क्षेत्रमा कार्यरत विज्ञहरूका अनुसार आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र मजबुत सुरक्षा प्रणालीका कारण यो एप नेपाली डिजिटल प्लेटफर्महरूबीच फरक पहिचान बनाउन सक्षम देखिएको छ।
विशेषगरी कमजोर वा स्लो इन्टरनेट कनेक्सनमा पनि छिटो र सहज रूपमा चल्ने विशेषताले देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली प्रयोगकर्ताका लागि पनि एप उपयोगी हुने विश्वास गरिएको छ।
नेपा : एपमा नेपाली पात्रो (पञ्चाङ्गसहित) को सुविधा उपलब्ध छ। साथै, विश्वसनीय स्रोतबाट अद्यावधिक समाचार, प्रयोगकर्ताको रुचिअनुसार सामग्री छनोट गर्ने विकल्प, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका गतिविधि तत्कालै जानकारी गराउने ‘नियर बाई न्युज’ फिचर समावेश गरिएको छ।
एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था गरिएको छ भने नेपाली भिडियो तथा रिल्सजस्ता सामग्री पनि राखिएका छन्। यसले प्रयोगकर्तालाई एउटै एपबाट सूचना, समाचार र मनोरञ्जनको समग्र अनुभव दिने उद्देश्य राखेको छ।
डिजिटल युगमा नेपाली भाषामै भरपर्दो, छिटो र सुरक्षित सामग्री खोज्ने प्रयोगकर्ताका लागि ‘नेपा : एप’ प्रभावकारी विकल्पका रूपमा आएको बताइएको छ। सरल संरचना र सहज प्रयोगका कारण सबै उमेर समूहका प्रयोगकर्ताले एप सजिलै प्रयोग गर्न सक्ने विकासकर्ताहरूको दाबी छ।
नेपा : एप हाल डाउनलोडका लागि उपलब्ध रहेको छ। नेपाली समाचार, रेडियो र डिजिटल सामग्री एकै ठाउँमा प्राप्त गर्न चाहने प्रयोगकर्ताका लागि यसले नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।


















Discussion about this post