सार्थक व्युरो ।देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
शपथ ग्रहण कार्यक्रम मध्याह्न १२:३४ बजेका लागि निर्धारण गरिएको छ। कार्यक्रमलाई आकर्षक र विशेष बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराहरू समेटिने जनाइएको छ।
तयारीअनुसार सात वटा शंख बजाइनेछ भने १०८ जना बटुकले स्वस्ती शान्ति पाठ गर्नेछन्। यसका साथै १६ जना बौद्ध भिक्षुहरूबाट अष्टमंगल पाठ गरिने कार्यक्रम पनि समावेश गरिएको छ।
शपथ ग्रहण सम्पन्न भएपछि प्रधानमन्त्री शाहले दिउँसो करिब २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यतालिका रहेको छ।


















Discussion about this post