इस्लामाबाद । पाकिस्तान को उत्तर–पश्चिम क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा पाँच जनाको ज्यान गएको छ। स्थानीय अधिकारीका अनुसार मृतकमध्ये तीन महिला र दुई बालबालिका रहेका छन्।
प्रहरी चौकीलाई लक्षित गरी गरिएको उक्त आक्रमण खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा भएको हो। स्थानीय प्रहरी अधिकारी मुहम्मद सज्जाद खानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त जानकारी दिएका छन्।
घटनामा अन्य चार जना घाइते भएका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
सन् २०२१ मा काबुल मा तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तानका विभिन्न क्षेत्रमा यस्ता आक्रमणहरू बढ्दै गएका छन्। विशेषगरी तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले सुरक्षा निकायलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएको छ।


















Discussion about this post