देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार

सार्थक व्युरो ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध तत्काल रेड नोटिस जारी गर्न नमिल्ने भन्दै इन्टरपोलले नेपाललाई जवाफ फर्काएको छ।
सम्बन्धित कसुर स्पष्ट रूपमा स्थापित नभएको र अनुसन्धानको अवस्थासमेत रेड नोटिसका लागि आवश्यक मापदण्डअनुसार पर्याप्त नभएको उल्लेख गर्दै इन्टरपोलले थप स्पष्टता माग गरेको स्रोतले जनाएको छ। विशेषगरी कुन कसुरमा अनुसन्धान भइरहेको हो, त्यसको अवस्था कस्तो छ भन्ने विषयमा प्रष्ट विवरण आवश्यक भएको इन्टरपोलको भनाइ छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा काठमाडौं जिल्ला अदालतले २०८२ चैत २४ गते देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि विभागले प्रहरीमार्फत रेड नोटिसका लागि इन्टरपोलमा अनुरोध पठाएको थियो।
हाल देउवा दम्पती विदेशमा रहेको बताइए पनि उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि भने भएको छैन। उनीहरू उपचारका लागि विदेश गएका बेला नै सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको थियो।
प्रहरी स्रोतका अनुसार इन्टरपोलमा पठाइएको रेड नोटिससम्बन्धी प्रस्ताव स्वीकृत नभई फिर्ता आएको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित