सार्थक व्युरो । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर विवाद चर्किएपछि विपक्षी दलहरूले सोमबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। प्रतिपक्षी सांसदलाई बोल्न समय दिइएकोमा उहाँलेले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नु पर्ने माग राख्नु भएको थियो । सभामुख डीपी अर्यालले बैठक सञ्चालन गर्न नसकिएपछि १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो।
विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँसँग सार्वजनिक रूपमा माफी माग्न र राजीनामा दिन माग गरेका थिए। विरोधका क्रममा सांसदहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
सांसदहरूले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई समयमै सम्बोधन नगरेको र संसदको गरिमा जोगाउने विषयमा आवश्यक पहल नगरेको आरोप लगाउँदै केही सांसदहरूले सभामुखको निष्पक्षतामाथि समेत प्रश्न गरेका छन्।
सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको भए पनि दलहरूबीच सहमति जुट्न नसक्दा बैठक पुनः सञ्चालन हुन सकेको छैन।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धी विषयमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षबीच विवाद बढिरहेका बेला संसदको कामकारबाही प्रभावित बनेको हो।


















Discussion about this post