सहमतिका नाममा फैलाइएका हल्ला निराधार : डा. शेखर कोइराला

सार्थक व्युरो । नेपाली कांग्रेसका नेता शेखर कोइराला ले पार्टीभित्र देखिएको मतभेद समाधानका लागि संस्थापन पक्षबाट कुनै औपचारिक प्रस्ताव नआएको बताएका छन्।
उनको सचिवालयले विज्ञप्ति जारी गर्दै सहमतिका लागि कथित सातबुँदे प्रस्ताव पठाइएको भन्ने चर्चा तथ्यहीन रहेको स्पष्ट पारेको हो। सचिवालयका अनुसार यस्ता विषयमा नेता कोइराला वा उनको सचिवालयलाई कुनै जानकारी प्राप्त भएको छैन।
सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाद्वारा जारी सूचनामा विभिन्न माध्यमबाट फैलाइएका मनगढन्ते र भ्रामक सूचनाप्रति विश्वास नगर्न आग्रह गरिएको छ। विज्ञप्तिमा सत्यतथ्य नबुझी प्रचार गरिएका विषयले अनावश्यक भ्रम सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ।
सचिवालयले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएयता नेता कोइराला र संस्थापन पक्षबीच औपचारिक संवाद नभएको पनि जनाएको छ। विज्ञप्तिअनुसार २०८२ चैत २२ गते महामन्त्री प्रदीप पौडेल तथा २०८३ वैशाख २२ गते महामन्त्री गगन थापा ले कोइरालासँग भेटवार्ता गरेपछि कुनै थप छलफल वा सम्पर्क भएको छैन।
पछिल्ला दिनमा कांग्रेसभित्र सहमति र एकताको प्रयासबारे विभिन्न चर्चा चलिरहेका बेला कोइराला पक्षले औपचारिक प्रस्ताव प्राप्त नभएको स्पष्ट पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित