
सार्थक ब्यूरो ! भीमदत्त नगर विकास समिति आफैले सम्झौता गरि कारोबार गर्न भाडामा दिएको जग्गामा बनेका संरचना माथि डोजर चलाईरहेको छ । एकातर्फ मुलुकबाट दक्ष अदक्ष जनशक्ति बाहिरी रहेको अवस्थामा नेपाल सरकारले नेपालमा आएर व्यवसाय सञ्चालनका लागी अनुरोध गर्दै लगानी सम्मेलन गरिरहेको छ । अर्कोतर्फ भीमदत्त नगर विकास समिति आफैले व्यवसाय सञ्चालन गर्न दुई पक्षिय सम्झौता गरि भाडामा दिएको जग्गामा बनाइएका करोडौं करोडका संरचनामा डोजर चलाउने काम गरिरहेको तर्फ सरोकारवाला सबैको मौनताले नगर बस्ती अचम्बित बनेका छन । महेन्द्रनगरको ठूलो होटलका रुपमा रहेको ओपेरा होटलले तीन करोड बढी लगानी गरि बनाएको स्नानगृह (स्वीमिङ्ग पुल) र सवारी साधन पार्किङ्ग गर्ने स्थलमा डोजर चलाइएको छ । त्यसैगरी विवाह, ब्रतबन्ध, सभा समारोह गर्न सजिलो पार्दै सेवा दिईरहेको भानु पार्टी प्यालेसको २ करोड बढीको पक्की संरचनामा डोजर चलाउने कार्य गरिरहेको छ । प्रज्वलशील खाना पकाउने ग्यासको कारोबार गरिरहेको गोल्डन ग्यासको एक करोड बढीको संरचनामा डोजर चलाउने भनि रहेको छ । महेन्द्रनगरका किसानहरुको दुग्ध उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराई रहेकोमा नेपाल सरकारबाट ४० लाख बढी अनुदान समेत प्राप्त गरेर ४ करोड बढिको संरचना निर्माण गरि कारोबार गरिरहेको पाठक डेरी इन्डष्ट्रीजमाथि पनि डोजर चलाउने भनि गरेको सूचना विरुद्ध उक्त डेरीले सर्वोच्च अदालतमा रिट निवेदन गरेको र सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश गरेर लगानी सुरक्षित गर्नेतर्फ आशपलाएको व्यवसायीहरुको भनाई छ । त्यसैगरी अन्य व्यापार व्यवसाय गरिरहेका सयौं व्यवसायी पलायन हुन बाध्य भईरहेको यस बखत यहाँको नागरिक समाज, राजनैतिक दल, पेशागत संगठनहरुको मौनताले लगानी मैत्री वातावरण धुमल्याएको जानकारहरुको भनाई छ । नगर विकासकै स्वामित्वमा रहि व्यापार व्यवसाय सञ्चालन गर्न भाडामा दिएका संरचनामाथि तोडफोड गर्ने कार्यबाट हजारौंको संख्यामा रोजगारी पनि गुमेको तर्फ समेत तीन तहका सरकारको ध्यानाकर्षण नहुनु आफैमा आश्चर्य भएको पिडित व्यवसायीहरुको गुनासो छ ।
सम्झौता अनुसार भाडा लिन अस्वीकार गरि नगर विकासको मासिक आम्दानीमा आफै बाधक बनेको समितिले नागरिकको लगानीमा समेत खेलवाड गरिरहेको छ । नगर विकास समितिले विभिन्न बेलामा गरेका अनियमितताहरुको ढाकछोप गर्न पनि डोजर तर्फ सबैको ध्यानाकर्षणका लागी यस्तो कदम चालिएको नविस सम्बद्ध जानकारहरुको भनाई छ । यस सम्बन्धमा नविस अध्यक्ष, सदस्य सचिव अथवा नविस सचिवालयमा प्रतिक्रिया माग्न जाँदा अथवा फोन गर्दा कोही पनि सम्पर्कमा नआउने, फोन नउठाउने जस्ता व्यवहार भईरहेका छन । पिडित बनेका पक्ष मुलुकलाई सरापी रहेका छन । मैले आफ्नो लगानी भारतमा गरेको भए यस्तो विजोग त हुने थिएन । दिवालीया बनायो नगर विकासले भनि भौतारी रहेका छन ।


















Discussion about this post