सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारी दिएका पाँच जना नेता विजयी भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार हेमराज थापा २ हजार ३० मतसहित सुदूरपश्चिमबाट सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसपछि केपी खनालले १ हजार ८४६ मत प्राप्त गरेका छन्।
यस्तै, दीपकराज बोहराले १ हजार ४५० मत, जानिका जोशीले १ हजार १४८ मत र चन्द्रा ऐरले १ हजार १२६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन्।
निर्वाचनमा प्रतिस्पर्धा गरेका अन्य उम्मेदवारमध्ये रत्नकुमारी थापाले ९६१ मत प्राप्त गरिन् भने शैलेशकुमार सिंहले ७६३ मत पाए। शिवराज पन्तले ६३७, वीरबहादुर बिष्टले ५५०, हरिमोहन भण्डारीले ५४१ तथा नामराज न्यौपानेले ५२३ मत हासिल गरेका छन्।
त्यसैगरी, ज्ञानेन्द्रसिंह महताले ५१८, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेयले ४७१, पदमराज शर्माले ४४५, सागर तामाताले ४४२, मदनसिंह बिष्टले ४३९ र कृष्णबहादुर बटालाले ४१९ मत प्राप्त गरेका छन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमार्फत नयाँ केन्द्रीय समिति चयन गरिएको हो। सुदूरपश्चिम प्रदेशबाट निर्वाचित यी पाँच प्रतिनिधिले अब पार्टीको केन्द्रीय नेतृत्वमा प्रदेशको प्रतिनिधित्व गर्नेछन्।


















Discussion about this post