सार्थक ब्यूरो । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ लाई बहुमतका आधारमा पारित गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको उक्त विधेयक पारित गर्ने प्रस्तावलाई सदनले अनुमोदन गरेको हो।
विधेयकमाथि सांसद हरिप्रसाद भुसाल र सुशील खड्काले दर्ता गराएका संशोधन प्रस्ताव भने फिर्ता लिएका छन्। त्यस्तै, सांसद गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक तथा नरेन्द्रकुमार केरुङले पेस गरेका संशोधन प्रस्तावहरू बहुमतले अस्वीकार गरेको छ।
यसैबीच, प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल जारी रहेको छ।


















Discussion about this post