स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

सार्थक ब्यूरो ।सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नामातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो।मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा सरकारी स्वास्थ्य संस्थाबाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनका लागि विज्ञापनसमेत गराउनु प्रचलित कानुन, नैतिकता, व्यक्तिगत आचरणविपरीत हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेसागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ,’ मन्त्रालयले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित