सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

लैङ्गिक अनुपातमा बढ्दो असन्तुलन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ आश्विन ९, बुधबार ६:४९
in Breaking (With Image), समाज
0

हालैका दिनमा विभिन्न अनलाइन समाचार सामग्रीहरूमा प्रकाशित ’शिशुको लैङ्गिक अनुपातमा नेपाल चीनकै बाटोमा’, ‘भविष्यमा बेहुली पाउन गाह्रो’ जस्ता शीर्षकका समाचारहरू हेर्दा उक्त असन्तुलनलाई अप्राकृतिक भन्दै उनीहरूले भविष्यमा पुरुषहरूले विवाह गर्नका लागि महिला पाउन नसक्ने हालको चीनकै अवस्था निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन्।
बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन २०७८ को जनगणनामा आधारित रहेर तयार पारिएको हो। सो प्रतिवेदनले अघिल्लो जनसंख्याको तुलनामा बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर –१।१ प्रतिशत (ऋणात्मक) भएको जनाएको छ।
२०६८ सालको जनगणनामा बालबालिकाको कुल संख्या एक करोड १० लाखभन्दा बढी रहेकामा पछिल्लो प्रतिवेदनले उक्त संख्या २०७८ सम्म आइपुग्दा घटेर झण्डै ९८ लाख ७० हजार रहेको देखाएको छ। त्यसमध्ये ५१ लाख बालक र साढे ४७ लाख बालिका छन्। पछिल्लो प्रतिवेदनले २०६८ सालमा ०।५ प्रतिशत रहेका बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक अर्थात् –१।१ प्रतिशत रहेको छ। सबैभन्दा चिन्ता भने शिशु जन्मँदाको लैङ्गिक अनुपातलाई लिएर व्यक्त गरिएको छ। आँकडाअनुसार जन्मँदाको लैङ्गिक अनुपात पछिल्लो ८० वर्षयताकै उच्च भएको छ।
जनसंख्या विज्ञानको सिध्दान्तअनुसार लैङ्गिक अनुपात १०५ अर्थात् १०० जना छोरी जन्मँदा १०५ जना छोरा जन्मनुलाई सन्तुलित मान्ने गरिन्छ। अहिले हाम्रोमा ११२ जना बालक जन्मिँदा १०० जना मात्रै बालिकाको जन्म हुने देखिएको छ। यसले नेपालमा बालिकाहरू कम जन्मन सुरु गरेको देखाएको छ भने यसलाई जिल्लागतरूपमा हेर्ने हो भने २५ जिल्लामा लैङ्गिक अनुपात ११२ भन्दा माथि छ। २०७८ को जनगणना अनुसार समग्र जनसंख्यामा भने महिलाको जनसंख्या पुरुषभन्दा धेरै छ। तत्कालै असर नपरे पनि अबको २० वर्षपछि हाल जन्मेका केटाकेटी विवाह गर्न योग्य उमेरमा पुग्दा उनीहरूले जोडी भेट्टाउन समस्या हुने हो कि भन्ने समस्या देखिन सक्छ।

प्रदेशगतरूपमा हेर्दा पनि नयाँ जन्मदरमा सबैभन्दा डरलाग्दो अवस्था मधेस प्रदेशमा देखिन्छ। यस प्रदेशमा हरेक १०० बालिका जन्मिँदा ११८ बालक जन्मिएका छन्। यही अवस्था सुदूरपश्चिम प्रदेशमा ११६, वाग्मती र गण्डकीमा १११ कर्णालीमा १०९ देखिन्छ भने सबैभन्दा कम कोसी प्रदेशमा १०६ छ। विश्वका विभिन्न मुलुकको प्रवृत्ति हेर्दा चीन र नेपालमा लैङ्गिक अनुपात समान ११२ देखिन्छ। भारतमा १०८, थाइल्यान्ड र दक्षिण कोरियामा १०६, जापान र बंगलादेशमा समान १०५ देखिएको छ। तथ्याङ्कलाई हेर्दा नेपाली अभिभावकहरूमा पनि छोरा पाउने चाहना कम भएको छैन भन्ने देखिन्छ। राज्यले ‘छोराछोरी बराबरी’ भन्ने नारा अंगालेको भए पनि सन्तान जन्माउने आमारबुबासम्म पुग्दा छोरा नै चाहिने पक्षमा अभिभावक छन् भन्ने यो विवरणले देखाएको छ। यसबाट राज्यले महिला सशक्तीकरणमा गरेका कार्यहरूमा नकारात्मक प्रभाव पारेको छ।

यस प्रकारको अवस्थाले बालबालिका जन्मँदाको नेपालको राष्ट्रिय औसत २०७८ सालको जनगणनालाई आधार मान्दा अब चीनकै हराहारीमा पुगेको देखिन्छ । यो हामी जस्तो विकासोन्मुख तथा आर्थिक तथा सामाजिमरूपमा सबल तथा सक्षम नभएको अवस्थामा भविष्यमा देशको अवस्था कतातिर जान्छ भनेर सोचमग्न बनाएको छ भने नेपालमा भविष्यमा महिला र पुरुषको जनसंख्याको अनुपातमा देखिन सक्ने ठूलो फरकले समाजमा पुरुषको वर्चस्व बढाउन सक्ने र यदि महिला कम हुन्छन् भने उनीहरूमाथि हिंसा, अपहरण र बलात्कार जस्ता घटना बढ्न सक्छन्, जसले समाजमा महिला असुरक्षाको भावना बढाउन सक्छ। महिलाको श्रमशक्ति र उत्पादकत्वको कमी हुन सक्छ।

यसले देशको आर्थिक वृद्धिमा नकारात्मक असर पुर्‍याउन सक्छ जसले दीर्घकालमा श्रम शक्तिमा ह्रास ल्याउन सक्छ। लि· अनुपातमा असन्तुलनले परम्परागत लि· भूमिकाहरूमा परिवर्तन ल्याउन सक्छ, जहाँ महिलालाई बढी महŒव दिनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने अर्कोतर्फ महिलाको कमीले समाजमा महिलाको भूमिका र अधिकारको पुनरावलोकन गर्न बाध्य बनाउन सक्छ। जसले महिला सशक्तीकरणमा सहयोग गर्न सक्छ। साथै नेपालमा लि· अनुपातमा हुने कुनै पनि ठूलो असन्तुलनले सामाजिक संरचना, आर्थिक अवस्थार सांस्कृतिक मान्यताहरूमा गहिरो प्रभाव पार्न सक्छ। यसले दीर्घकालीनरूपमा समाजको समृद्धि र स्थायित्वमा चुनौती खडा गर्न सक्छ।
– अधिकारी यौनिक डटकमका प्रबन्धक निर्देशक तथा ‘सुरुआत’का अनुसन्धान संयोजक हुन्।

Previous Post

फोक्सोलाई कसरी स्वस्थ राख्ने ? यस्ता छन् डा.महतका सुझाव

Next Post

नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्र सबल बनाउने नीति छः मन्त्री भण्डारी

Next Post

नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्र सबल बनाउने नीति छः मन्त्री भण्डारी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.