सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

फोक्सोलाई कसरी स्वस्थ राख्ने ? यस्ता छन् डा.महतका सुझाव

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ आश्विन ९, बुधबार ६:३७
in Breaking (With Image), स्वास्थ्य
0
फोक्सोलाई कसरी स्वस्थ राख्ने ? यस्ता छन् डा.महतका सुझाव

हामीले हरेक वर्षझैँ यसवर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाइरहेका छौँँ। यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाइँदै छ।फोक्सो मानिसका लागि नभइ नहुने अङ्ग हो। फोक्सोले कसरी काम गर्छ र फोक्सोलाई कसरी स्वस्थ राख्ने भन्नेबारे जान्न हामीलाई निकै जरुरी छ।

श्वास फेर्ने प्रक्रिया

श्वास फेर्दा, हामी नाक वा मुखबाट हावा लिन्छौ। यो हावा नासिका मार्ग वा मुखबाट स्वासका नलीहरु हुदै फोक्सोमा पुग्छ। फोक्सोका सानो एयर स्याकहरू, जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बन डाइअक्साइडको आदानप्रदान हुन्छ। रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ र कार्बन डाइअक्साइडलाई वायु मार्गबाट नाक वा मुखबाट निस्किन्छ।
फोक्सो आफैंले साँस तान्न सक्दैन। साँस फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम र छातीका मांसपेशी ९इन्टरकोस्टल मांसपेशीहरू० पर्छन्। डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो। यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्दछ। इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन। यी मांसपेशीहरूले छातीको केजलाई फुल्न र खुम्चन मद्दत गर्दछ। यिनै मांसपेसीहरूको मद्दतले हामी श्वास फेर्छौ।

फोक्सोका महत्वपुर्ण कार्यहरूः
अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउनेः फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ। सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बन डाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धिकरण गर्छ।
रोग प्रतिरोधात्मक क्षमताः फोक्सोमा साना रौ जस्ता सिलिया हुन्छन्, जसले धूलो, किटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ।
ध्वनि उत्पादनः फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वरयन्त्र ९बिचथलह० मा ध्वनि उत्पादनमा सहयोग पुर्याउँछ।
अम्ल–क्षारको सन्तुलन राख्न
हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटर जति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ एक मिनेटमा ७देखि८लिटर र २४ घण्टामा ११००० लिटर जति हावा लिन्छौँ। प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ। हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ।
धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्तसञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ। वायुप्रदुषण, जलवायुपरिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका विरामी दिन प्रतिदिन बढ्दै गएका छन्। जसका कारण विशेषगरि दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ।

फोक्सोका महत्वपूर्ण रोगहरूः

दम (सीओपीडीरआस्थ्मा) :यो एक दीर्घकालीन समस्या हो। एसका लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीटी बज्ने र छातीको दुखाइ आदि पर्दछन्।
फोक्सोको क्यान्सरः फोक्सोको क्यान्सर एक गम्भीर रोग हो जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन्। धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो।
निमोनियाः निमोनिया फोक्सोको संक्रमण हो। यो विभिन्न कारणले हुनसक्छ, जस्तै ब्याक्टेरिया, भाइरस वा फङ्गस। निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समावेश छ।
क्षयरोग (टीबी): यो एक संक्रामक रोग हो, यो माइको ब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ। एसले मुख्यतया फोक्सो र शरीरका अन्य अंगहरुमा संक्रमण गर्दछ।
फोक्सोलाई स्वस्थ राख्ने र रोग लाग्नबाट बचाउने केहि सरल उपाएहरूः
प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरूः
धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानि गर्ने।अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने।खाना पाकाउन, कोठाहरु तताउन कम प्रदुषण गर्ने इन्धन प्रयोग गर्नेवायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस्।प्रदुषित क्षेत्रमा जानुपर्दा एन–९५ मास्क लगाउनुहोस्।प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस्।
फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार र व्यायाम महत्वपूर्ण भूमिका खेल्छन्। स्वस्थआहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ। साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ। विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने, र योग जस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ। फोक्सोको संक्रमणबाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हातधुने, माक्सको प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदी गर्नुपर्दछ।
प्रशस्त झोल कुरा पिउनु पनि स्वास्थ्यका लागि महत्वपूर्ण छ। पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ।
फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ। फ्लू र निमोनियाबाट बच्नका लागि खोपले केहि हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ।

(डा. रवी महत श्वासप्रश्वास रोग विशेषज्ञ हुन्)

Previous Post

जिबी राईसहित १७ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता

Next Post

लैङ्गिक अनुपातमा बढ्दो असन्तुलन

Next Post

लैङ्गिक अनुपातमा बढ्दो असन्तुलन

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.