सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

रसुवा पदमार्गमा पर्यटकको चहलपहल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ आश्विन २०, आईतवार ६:४२
in Breaking (With Image)
0

सार्थक ब्यूरो ।शरद् ऋतुसँगै यस वर्षको पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम रसुवा जिल्लामा पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ पदमार्गसहित जिल्लाका अन्य पर्यटकीय गन्तव्य गोसाइँकुण्ड, पार्वतीकुण्ड, नागथली, गणेश हिमाललगायत क्षेत्रमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)का पूर्वाध्यक्ष दीपक महतले मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिए । ‘विदेशी पर्यटकको बुकिङ आइरहेको छ, नेपालीचाहिँ बढी दसैँ आसपास घुम्न निस्कन्छन्,’ उनले भने, ‘पदयात्रा पर्यटन कोभिड– १९ अघिको स्थितिमा अझै नफर्के पनि सुधारतिर उन्मुख हुँदै गएको छ, यस याममा पर्यटक बढ्ने आशा छ ।’ रसुवा प्रवेश गर्ने एक मात्र सडकमार्ग पासाङल्हामु राजमार्गअन्तर्गत कालिकास्थान–स्याफ्रुबेँसी खण्डमा सडक जीर्ण हुँदै गएकाले पनि यस क्षेत्रमा भित्रिने पर्यटकको सहज रसुवा पदमार्गमा आउजाउमा बाधा पुगिरहेको महतको भनाइ छ । जिल्ला प्रवेश गर्ने सडकमार्गलाई सुरक्षित एवम् व्यवस्थित बनाउनुपर्ने उनले बताए । पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउन पथप्रदर्शकलाई जैविक विविधता र पर्यावरणबारे अभिमुखीकरण गर्न आवश्यक रहेकामा उनी जोड दिन्छन् । असोज लागेसँगै धार्मिक तथा पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । यहाँ दैनिक ३०–३५ विदेशी पर्यटक आउन थालेको होटेल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जनाए । पदयात्रा याम सुरु भएसँगै हिमाली भेगका स्थानीय व्यवसायीले अत्यावश्यक खाद्यान्न ढुवानीका साथै होटेल सुदृढ गर्ने काम थालेको उनले बताए । वर्षा कम भएपछि साउन–भदौमा झन्डै १० हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटक हिमाली जिल्लामा आएको लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए । तीमध्ये तीन हजार ६० बाह्य पर्यटक रहेको बताइएको छ । देशकै नमुना २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको संरचना सबै सुरुङभित्रै र छ जुन हेर्न पनि बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्लाका लाङटाङ र गणेश हिमाल, ऐतिहासिक रसुवागढी किल्ला, झरना, नागबेली पहाड, तामाङ सम्पदामार्ग, तामाङ सङ्ग्रहालय, नेपालकै पहिलो चिज उत्पादन केन्द्रलगायत स्थलमा पर्यटक आकर्षित हुने गरेको सङ्घका अध्यक्ष गजुरेलले बताए । महत्वपूर्ण प्राकृतिक र मानवनिर्मित सम्पदाका अलावा धार्मिक महत्वका नीलाद्री हिमाल, शिवको वासस्थान गोसाइँकुण्ड, देवी पार्वतीको वासस्थान पार्वतीकुण्डलगायत स्थानलेधार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । गत्लाङ, तामाङ पदमार्गअन्तर्गतका गोलजुङ, गत्लाङ, नागथली, चिलिमेलगायत क्षेत्रका स्थानीय खाना परिकारले पर्यटकको आकर्षण बढाएको छ । जिल्लामा भित्रिएका पर्यटकको सुरक्षाका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले बताइन् । आफूहरूजस्ता ग्रामीण क्षेत्रमा बस्नेका लागि पहुँच नपुग्दा व्यवसाय विस्तार गर्न नपाएको उनले बताए । उनका अनुसार कृषि व्यवसाय गरेर लागत उठाउन मुस्किल पर्छ भन्ने व्यक्ति र समूहको नेपालमा ठुलै जमात छ । लागत नउठ्ने व्यवसाय गर्नुभन्दा विदेश जान बेस भन्दै दैनिक सयौँ युवा बिदेसिएका छन् ।

Previous Post

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी घोषणा भएको ६ वर्ष पूरा

Next Post

मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान

Next Post

मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.