सार्थक ब्यूरो । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै पूजासामग्री र प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।

सूर्यको उपासनासहित विधिपूर्वक छठ पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका साथ सूर्यलाई अर्घ अर्पण गर्ने श्रद्धालुको पोखरी, नदी, तलाउ लगायतका जलासयमा भीड लागेको थियो ।छठ पूजाका सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहितका पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।


















Discussion about this post