सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित जे डी भान्स को हुन् ?

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ कार्तिक २३, शुक्रबार ६:०४
in Breaking (With Image), अन्तर्राष्ट्रिय
0
तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित जे डी भान्स को हुन् ?

 

 

सार्थक ब्यूरो । दोस्रोपटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको विश्वभर जति चर्चा भइरहेको छ, त्यस्तै चर्चा उपराष्ट्रपति जे.डी.भान्सको पनि भइरहेको छ । किनभने उनी अमेरिकाको इतिहासमै तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।
रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहियोका सिनेटर हुन् । उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए । सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वास पात्रको रुपमा भान्स उपराष्ट्रपति चुनिएका छन् ।अमेरिकामा सबैभन्दा कम उमेरको उपराष्ट्रपतिको रुपमा पहिलो नम्बरमा जोन सी ब्रेकिनरिजको नाम आउँछ । उनी ३६ वर्षको उमेरमै उपराष्ट्रपति बनेका थिए । उनको कार्यकाल १८५७ देखि १८६१ सम्म थियो ।
उतार–चढावपूर्ण बाल्यकाल
भान्सको जन्म १९८४ को अगष्ट महिनामा ओहियो राज्यको मिडलटाउन शहरमा भएको थियो । भान्स ६ वर्षको छँदै उनका आमा–बुवाको छोडपत्र भयो ।उनकी आमाले पाँच पटक बिहे गरिन् । त्यसैले उनले आमा–बुवाको माया सानैदेखि पाउन सकेनन् । बुवा फेरिएसँगै उनले आफ्ना नाम पनि पटक पटक फेर्नु परेको थियो ।
भान्सको चर्चित पुस्तक ‘हिलबिली एलेजी’मा उनले यो प्रसंग उल्लेख गरेका छन् ।
जेडीको सुरुको नाम उनको जैविक पिता डोनाल्ड बोमनको नामबाट ‘डोनाल्ड’राखिएको थियो । तर आमा बेवर्ली एकिन्सले तेस्रो बिहे बब ह्यामलसँग गरेपछि उनको नाम बदलिने क्रम सुरु भएको थियो ।
नाम फेरिरहनु पर्दा र आमा लागुपदार्थको लतमा पर्दा आफ्नो जीवन निकै कठिन भएको जेडी भान्सले आफ्नो पुस्तकमा लेखेका छन् ।आमाबाट दुर्व्यवहार हुन थालेपछि जेडीको रेखदेख हजुरबुवा जेम्स र हजुरआमा भान्सले गर्न थालेका थिए । त्यसपछि उनको नाम पनि ‘जे।डी। भान्स’ राखिएको थियो ।उनले सन् २००३ मा मिडलटाउन हाइस्कुलबाट विद्यालयको पढाइ पूरा गरेका थिए । त्यसपछि अमेरिकी नौसेनामा भर्ना भएका उनले इराकमा पुगेरसमेत सेवा गरेका थिए । उनले ओहियो स्टेट युनिभर्सिटीबाट राजनीति विज्ञान र दर्शनशास्त्रमा स्नातकसम्म अध्ययन पूरा गरे ।
भारतीय मूलकी पत्नी
जेडी भान्सले क्याम्पस पढ्दा चिनजान भएकी भारतीय मूलकी उषा चिलुकुरीसँग बिहे गरेका छन् ।उषा यल ल जर्नलको कार्यकारी विकास सम्पादक थिइन् । उनी कानुन व्यवसायी हुन् ।
उनीहरुबीच सन् २०१४ मा बिहे भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी छन् । जेडी भान्स भने राजनीतिज्ञ, लेखक र व्यवसायीको रुपमा परिचित छन् ।

Previous Post

उदाउँदो सूर्यलाई अर्घ अर्पण

Next Post

अप्रेशन थिएटरमै बालिकाको ज्यानगएपछि

Next Post
अप्रेशन थिएटरमै बालिकाको ज्यानगएपछि

अप्रेशन थिएटरमै बालिकाको ज्यानगएपछि

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.