सार्थक ब्यूरो । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्रले नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरको बैठकले आइतबार कोलीलाई उप निर्वाचनमा वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको वडा कमिटीबाट वडा अध्यक्षका लागि कोली सहित ६ जनाको नाम सिफारिश गरिएको थियो । कोलीको नाम एक नम्बरमा सिफारिश गरिएको थियो ।
माअोवादी केन्द्रको भीमदत्त नगर कमिटीका प्रवक्ता सुरेश भट्टले वडाबाट सिफारिश भएर आएका आकाँक्षीमध्ये कोलीलाई ज्येष्ठताका आधारमा उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।
उप निर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ ।
















Discussion about this post