रास्वपामा रबि राजाका रुपमा रहेको तथ्य खुलेको छ

सार्थक ब्यूरो । जान्नेलाई छान्ने नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ सिद्धान्त प्रतिपादन गर्दै रबि लामिछाने राजाका रुपमा रहेको तथ्य खुलेको छ ।
पार्टीका संस्थापक सभापति जिवित रहँदासम्म जुनसुकै अभियोग लागेपनि पदमा रहिरहने सिद्धान्त प्रतिपादन गर्दै सो पार्टीले सभापति रबि राजाकै रुपमा रहेको तथ्य उजागर गरेको हो ।
रास्वपाका उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्यालले पोखरामा आइतवार यो तथ्य बाहिर ल्याउनु भएको छ । उपसभापति अर्यालले जुनसुकै अभियोग पुष्टि भएर जेलमा रहेपनि रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने प्रष्ट पार्टी लाइन रहेको बताउनु भयो ।
‘म यहाँहरुलाई यो मन्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामीछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो’, अर्यालले भन्नुभयो, ‘यसमा कसले कार्यबाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो । त्यसकारण यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु । उहाँ जहाँ बस्नुहुन्छ । हिरासत रहनुहोला । जेलमा रहनुहोला । रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

राजतन्त्रात्मक ब्यवस्थामा मात्रै जिवित रहँदासम्म राजा कायम रहने परम्परा रहेको छ । रास्वपा उपसभापति अर्यालले राजतन्त्रकै अनुशरण गरी रबि जिवित रहँदासम्म सभापति रहने पार्टीको नीति रहेको बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित