
सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गर्यो ।यसको एक दिनअघि प्रसाईंले युट्युबरहरुलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित टेलिकम कम्पनी स्मार्ट एक्जिएटा प्रा।लि।मा लगानी रहेको बताएका थिए ।
चितवन स्थायी घर भई कम्बोडिया बस्दै आएका ईश्वर पोखरेल (सफल) सँग भिडियो संवाद गर्दै उनले ओलीको संलग्नता पुष्टि हुने भन्दै केही कागजात समेत देखाएका थिए । प्रसाईंको दाबीमा उनले देखाएको कागज ‘गुगलबाट प्रमाणिकरण’ गरेर ल्याइएको थियो, जसलाई हात पार्न उनले कम्तिमा एक करोड ११ लाख रुपैयाँ खर्चेका थिए ।
प्रसाईंको दाबी सार्वजनिक भएलगत्तै प्रहरीले उनले तयार गरेको भिडियो अपलोड गर्ने भुवन भुसालमाथि केन्द्रित हुँदै जाँच थाल्यो । त्यसक्रममा प्रारम्भिक दृष्टिबाटै प्रसाईंले देखाएको कागज–पत्र झुठो रहेको देखिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापा बताउँछन् ।
सामान्य विवेक भएको जोकोहीले त्यो कागजमाथि शंका गर्ने प्रशस्तै आधारहरु थिए’, थापाले अनलाइनखबरसँग भने, ‘यद्यपि, पहिले जाँच गरेर केही तथ्यहरु संकलन गर्यौं र त्यसको आधारमा प्रसाईंलाई पक्राउ गर्न अदालतबाट अनुमति लियौं ।’
थापाका अनुसार, प्रसाईंले सार्वजनिक गरेको कागजातमा भएको हस्ताक्षरसँग प्रधानमन्त्री ओलीको हस्ताक्षर मेल खाँदैन । ओलीको सचिवालयबाट अनलाइनखबरलाई प्राप्त उनको नागरिकता प्रमाणपत्रमा उल्लिखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ ।

तर, प्रसाईंले सार्वजनिक गरेको कागजातमा अंग्रेजी रोमनमा प्जबमपब एचबकबम इष् िउल्लेख गरिएको छ । ‘यस्ता थुप्रै विषयहरु फेला पारेपछि पक्राउ गर्ने निष्कर्षमा पुगेका थियौं’, सीआईबी प्रमुख थापाले भने, ‘अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति पनि दिइसकेको छ, यो अवधिमा अफवाह फैलाउने गरी कागजात बनाउने कार्यमा संलग्नमाथि पनि अनुसन्धान गर्छौं ।’
कीर्ते कागजात खोज्न १ करोड ११ लाख रुपैयाँ खर्च गरेको प्रसाईंको दाबी पनि नागरिकमा भ्रम छर्न गरिएको प्रयास मात्र भएको प्रहरीको भनाइ छ ।गुगलबाट प्रमाणित गरिएको भन्ने विषय झनै तर्कसंगत देखिँदैन । किनकि, गुगल अरु वेवसाइटहरुमा संग्रहित सामग्रीलाई देखाइदिने सर्च इञ्जिन मात्र हो । ‘यस्तोमा गुगलले प्रमाणीकरण गर्ने भन्ने नै हुँदैन’, एक अनुसन्धान अधिकृत भन्छन् । अर्थात्, प्रहरीका भनाइमा प्रसाईंले जम्मा–जम्मी अफवाह फैलाउनलाई मात्र फर्जी कागजात सार्वजनिक गरिदिएका हुन् ।‘उहाँले गुगलदेखि लिएर लाखौं खर्च गरेको जस्तो जति पनि सनसनीपूर्ण दाबी गर्नुभयो, ती सबै झुठा थिए र जनतालाई भ्रममा विश्वास गर्न यकिन होस् भन्ने हिसाबले मात्र ती दाबी गरिउका थिए’, सीआईबी अन्तरगत रहेको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्याल भन्छन्, ‘उनले अफवाह फैलाएर के हासिल गर्न चाहन्थे भन्ने विषय चाहिँ अनुसन्धानको पाटो भयो ।’-अनलाईनखबरबाट


















Discussion about this post