सार्थक ब्यूरो । सत्तारूढ प्रमुख दुई दलले आज ९शुक्रबार० काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्दै छन् । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले सडकमा शक्ति प्रदर्शन गर्न लागेको छ । सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
एमाले सडकमा, कांग्रेस आर्थिक विषयमा छलफल गर्दै
मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’दयगत कांग्रेसले छलफल गर्दै छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
कार्यक्रममा पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघसंस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने कार्यक्रम रहेको छ । कार्यक्रमको संयोजन भने कांग्रेस संसदीय दलले गर्ने भएको हो । सत्ताको नेतृत्व गरेको एमाले सडकमा उत्रिएकै दिन कांग्रेसले भने संसद् भवन नयाँबानेश्वरमा आर्थिक सुधारका ’दयगतमा छलफल गर्न लागेको हो ।
उता, एमालेले शक्ति प्रदर्शन गर्न लागेको कार्यक्रमलाई ‘जनसभा’को संज्ञा दिएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरुक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए ।
शुक्रबारको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ, यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो,’ गौतमले भने ।
जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको उनले बताए । ‘त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसंठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ, शुक्रबारचाहिँ लक्षित ५०औं हजार मानिसलाई सडकमा उतार्नेगरी कार्ययोजना अगाडि बढाएका छौं,’ उनले भने ।
उनले पुतलीसडक र लैनचौर मार्ग खुला रहनेगरी दरबारमार्गमा सभा हुने बताए । उनले भने, ‘दुवैतिरका सडकहरू, पुतलीसडक, उता लैनचौर मार्गचाहिँ खुला गर्नेगरी दरबारमार्गमा कम ट्राफिकिङ हुने भन्ने कुरा पार्टीको स्थानीय जनता, साथीभाइको सुझावसमेत ध्यानमा राखेर भद्रकालीमा ११ः३० बजे भेला भएर वीर अस्पताल हुँदै दरबारमार्गमा भेला हुने र कार्यक्रम गर्ने हो ।’
उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए । विधिको शासन र कानुनी राजको पक्षमा एमाले दृढतापूर्वक उभिँदै आएको बताउँदै उनले कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने ’bout मा समेत जनसभाले सन्देश दिने बताए ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्ने बताइएको छ । सरकारको नेतृत्व गरेको दल र स्वयम् प्रधानमन्त्री नै सडकमा शक्ति प्रदर्शनमा उत्रिएपछि आलोचनासमेत भइरहेको छ । विपक्षी दलका नेता कार्यकर्तादेखि समाजिक सञ्जालमा सत्तारूढ दलले नै सडकमा शक्ति प्रदर्शन गर्न नहुने भन्दै आलोचना भइरहेको छ ।-राजधानीबाट


















Discussion about this post