सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर ८, शनिबार ७:३३
in Breaking (With Image), समाचार
0
अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली

सार्थक ब्यूरो । सत्तारूढ दल नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार र ठगी सैह्य नहुने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गरे ।
उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो । शुक्रबार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उनले सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने चेतावनी दिए ।उहाँले अपराध गर्नेलाई सरकारले अनुहार नहेर्ने बताउनुभयो । तथ्य र प्रमाणको आधारमा मात्रै बहस गर्नुपर्नेमा उहाँको जोड छ ।
अहिले अनेक फल्तु कुरा आइरहेका भन्दै अध्यक्ष ओलीले भन्नुभयो,‘कम्बोडियामा ३२ हजार करोड, स्वीस बैंकमा २१ हजार करोडका कुरा गर्नुको अर्थ छैन । तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्नका लागि त भन्देउन त ।’
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ लागिपरेको बताउनुभएको छ । उहाँले वर्तमान गठबन्धन आउँदो चुनावसम्म रहने दोहोर्‍याउनुभयो । अब २०८३ साल असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँको भनाइ छ । ओलीले दुई दल कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि देशको अवस्था हेरेर सहकार्य भएको दाबी गर्नुभयो ।
आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले यो भ्रमण सफल हुने बताउनुभयो । उहाँले आफू चीन घुम्न जान नलागेकोसमेत बताउनुभएको छ । चिनियाँ परियोजना बीआरआईलाई सङ्केत गर्दै उहाँले अहिले देशको अवस्था कसैसँग ऋण लिने नरहेको पनि बताउनुभयो ।
सभामा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताउनुभएको छ । उहाँले आवश्यक परेमा छानबिन गर्न सकिने र छानबिन गर्दा कुनै फरक नपर्ने बताउनुभयो । दरबारमार्गमा एमालेको सभा अघि दिउँसो विभिन्न ठाउँबाट र्‍याली निस्किएको थियो ।
काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला कमिटीले आज दरबारमार्गमा जागरण सभाको आयोजना गरेका हुन् । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले यो जागरणसभा आयोजना गरिएको एमालेले जनाएको छ । तर मुख्य सडक दरबारमार्ग नै बन्द गरी आयोजना भएको जागरण सभाका कारण सर्वसाधारणले भने निक्कै सास्ती भोग्नु परेको छ । एमालेसहित विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनभर अस्तव्यस्त भयो ।
काठमाण्डौको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन् । यस्तै माइतीघरमा सहकारी पीडितले आन्दोलनलाई आज पनि निरन्तरता दिए । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् । एमालेको सभा, कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थक र माइतीघरमा सहकारी पीडितको आन्दोलनका कारण आज काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल भएको हो ।

Previous Post

सरकार सञ्चालन गरेका दुई ठूला दल शक्ति प्रदर्शनमा

Next Post

चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा बढी आयात भएका १० वस्तु

Next Post
चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा बढी आयात भएका १० वस्तु

चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा बढी आयात भएका १० वस्तु

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.