सार्थक ब्यूरो । अढाई दशकदेखि बन्द महेन्द्रनगर मझगाउ विमानस्थल पुनः निर्माण कार्य भईरहेको छ। मझगाउ बिमानस्थलको धावनमार्ग, एप्रोन, कार पार्किङ , नाला सहितको कामको वन मन्त्री ऐनबहादुर शाहि ठकुरि सहित को टोलिले अनुगमन तथा निरीक्षण गरेका छन् ।
अनुगमन टोलिले अनुगमन गरेर निर्माणकार्यमा देखिएका बाधा अड्चन फुकाउन सदैव मन्त्री र मन्त्रालय अग्रसर रहने प्रतिबद्धता जनाउनु भएको कुरा नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर मीन राज ओझाले बताए ।मन्त्री शाहीसंगै निकुञ्ज विभागका प्रमुख सहित सहभागी भएका छन् । मन्त्री शाहीलाई मझगाउ बिमानस्थल पुनः सञ्चालन समितिका संयोजक पूर्व डिएफओ रमेश बहादुर चन्द सचिव राजेन्द्र बहादुर चन्द , सदस्य सिद्ध राज भट्ट, कञ्चनपुर होटेल व्यावसायी संघका पूर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी प्रमानन्द भण्डारी लगायतले ध्यानाकर्षण पत्र बुझाए ।
कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा , भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह बिष्ट सहित अनुगनमा सहभागी भए ।अनुगनमा क्रममा निर्माण कार्यमा देखिएका समस्या सामाधानको लागि आफू तत्पर रहेकाले नागरिक उड्डयन प्राधिकरणका महेन्द्रनगर बिमानस्थल योजना प्रमुख लाई आफुसंगै काठमाडौं आउन निर्देशन समेत दिएर मन्त्री शाही फर्किएका छन् ।


















Discussion about this post