सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

पत्रकार महासंघमा महिला नेतृत्व स् अवसर र चुनौती

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ पुष ९, मंगलवार १२:०१
in Breaking (With Image), समाचार
0
पत्रकार महासंघमा महिला नेतृत्व स् अवसर र चुनौती

 

विजयराज अधिकारी

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । महाधिवेशनले महासंघको इतिहासमा केही महत्वपूर्ण मानकहरु समेत निर्माण गरेको छ । महासंघको ६९ बर्ष लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ । निर्मला शर्मा पत्रकार महासंघको पहिलो महिला अध्यक्ष बन्नुभएको छ ।
सदस्यता विवादका कारण उत्पन्न परिस्थितिमा चुनाव गराउन नसकेर निर्वाचित केन्दीय अध्यक्ष र वरिष्ठ उपाध्यक्षले समेत राजिनामा दिएको विषम परिस्थितिमा पत्रकार महासंघलाई विघटन हुनबाट जोगाउने कार्यभार सफलतापूर्वक सम्पन्न गरेर निवर्तमान कार्यवाहक अध्यक्ष ९महिला० बाला अधिकारीले अर्को अभिनन्दनीय कार्य गर्नुभएको छ ।
गण्डकी र कोशी प्रदेशको महासचिवमा क्रमशः जमुना वर्षा शर्मा र हिमा चेम्जोङ निर्वाचित हुनु, मोरङ जिल्ला अध्यक्षमा सुशीला पाठक, काठमाडौंमा शोभा अर्याल, रोल्पामा खुबिना मगर, मुस्ताङमा सुनदेवी रसाइली निर्वाचित हुनु महिला नेतृत्व विकासका हिसाबले पक्कै महत्वपूर्ण पक्ष हो ।
पहिलो पटक खुल्ला मतदानमार्फत ९ हजार ३ सय सदस्यले प्रत्यक्ष चुनेको नेतृत्व यसपटक महासंघमा पुगेको छ ।
प्रेस युनियन र प्रेस चौतारीबीचको महागठबन्धनका बाबजुत केन्द्रीय कोषाध्यक्ष जस्तो महत्वपूर्ण पदमा प्रेस सेन्टरका उम्मेदवार रामकृष्ण अधिकारी विजयी बन्नुभएको छ । महागठबन्धनकाबीच पनि सन्तुलित प्रतिनिधित्व स्थापित गर्दै महासंघको कोष व्यवस्थापनमा पारदर्शीता र जवाफदेहीतासहित खवरदारी गर्न कोषाध्यक्षमा अधिकारीलाई जिताउने मतदाताहरुको संकेत पक्कै अर्थपूर्ण छ ।
केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नयाँ समावेशी चरित्रको नेतृत्व स्थापित भएसँगै पत्रकारहरुमा नयाँ उमंग देखापरेको छ ।
नेपाल पत्रकार महासंघ वि।सं। २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तर उत्तराधिकारवाला संस्था हो । वि।सं। २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । विदेशमा विभिन्न देशमा समेत शाखा रहेको महासंघ नेपाली पत्रकारहरुको साझा संस्थाका रुपमा क्रियाशील रहदै आएको छ ।
हुन त नेपालमा वि।सं। २००८ सालमा पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार संघको स्थापना भएको थियो । २००९ वैशाखमा भएको संघको दोस्रो सभाले एउटा कार्यकारिणी समितिको गठन ग¥यो । त्यसवेला पत्रकार संघ स्थापना गर्नुको उद्धेश्य नेपालका पत्रकारहरु तथा नेपाली पत्रकारहरुलाई संगठीत गरी तिनिहरुको आवश्यक सुविधाका लागि प्रयत्नशिल रहनु र नेपाल वाहिरका पत्रकारहरुसँग सम्बन्ध स्थापना गरी नेपालका श्रमजीवी पत्रकारहरु र समाचारपत्रका अधिकारको रक्षा गर्नु रहेको थियो । सत्य नारायण वहादुर श्रेष्ठले अध्यक्षता गर्नुभएको २००८ सालको संघ नै पत्रकारहरुको पहिलो संस्था हो । तर अहिले चलिरहेको नेपाल पत्रकार महासंघ त्यसबेलाको निरन्तरता होइन । कृष्ण प्रसाद भट्टराई अध्यक्ष रहनुभएको २०१२ सालमा स्थापित नेपाल पत्रकार संघ नै अहिलेको महासंघको निरन्तरता हो ।
देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्दन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, र पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।
यसका साथै देशमा भएका सबै लोकतान्त्रिक आन्दोलनहरुको एक महत्वपुर्ण हिस्साकारुपमा महासंघ सधैं उभिएको छ । लोकतान्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको उद्देश्य रहेको छ । यी उद्धेश्यहरुलाइ पुरा गर्नुपर्ने महत्वपूर्ण अवसर वर्तमान नेतृत्वले प्राप्त गरेको छ । यस्तो गरिमामय संस्थाको नेतृत्वमा स्थापित हुनु नै ठूलो उपलब्धि हो ।
यसका साथसाथै धेरै चुनौती र अभिभारा नवनिर्वाचित कार्यसमितिको काँधमा आएको छ । समग्रमा निम्न १५ चुनौतिहरुको सामना गर्नुपर्ने दायित्व शर्मा नेतृत्वको महासंघ सामु खडा छ ।
१.महासंघलाई दलीय प्रभाववाट मुक्त राख्नु ।
२.नागरिक समाजको अगुवा संस्थाका रुपमा जनसरोकारका मुद्धामा आवाज बुलन्द गर्नु ।
३.प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण राख्नु ।
४.पत्रकारहरुको हक हित र अधिकारको पक्षमा निरन्तर वहश र पैरवी गर्नु ।
५.पत्रकारिता पेशालाई समाज राष्टप्रति जिम्मेवार र जनउत्तरदायी बनाउनु ।
६.सदस्यता विवादको स्थायी समाधान खोज्नु ।
७.महासंघको छवि अन्तराष्ट्रिय स्तरमा व्यापक बनाउनु ।
८.आमसंचार माध्यम र पत्रकारिता क्षेत्रमा महिला, आदिवासी जनजाती, मधेशी, दलित, थारु, मुस्लीम, अल्पसंख्यकहरुको आकर्षण बढाउनु तथा उपस्थिति व्यापक वनाउनु ।
९.मिडिया उद्योग खासगरी साना लगानीका संचार माध्यममा देखिएका संकट समाधान गर्नु ।
१०.आम जनमानसमा मिडिया लिटरेसी बढाउनु ।
११.पत्रकारलाई प्रशिक्षण र तालिमका माध्यमवाट शसक्त बनाउनु ।
१२. पत्रकारको स्वास्थ्य उपचार र जोखिमपूर्ण कार्यमा ध्यान दिनु ।
१३. वरिष्ठ र ज्येष्ठ पत्रकारहरुको सम्मान गर्नु र सम्मानपूर्ण जीवनको प्रत्याभुत गर्नु ।
१४.प्रेस जगत र पत्रकारलाई शक्ति र सत्ताको दवाव र प्रभावबाट मुक्त राख्नु ।
१५.संचार क्षेत्रको विकाश र विस्तारमा प्रयत्नशिल रहनु ।
प्रविधिको विकाससँगै ‘पत्रकारिता’ क्षेत्रमा पनि अनेकन् चुनौति र अप्ठ्यारा सिर्जना भएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोेले समेत पत्रकारिता पेशाप्रति थप चुनौती थपिएको छ । पत्रकारिता पेशाको शाख, र मर्यादा जोगाउदै आचार–संहिताको पालनामा पत्रकारहरुलाई सचेत गराउनु एवं ‘भाइरल’ बनाउन र ‘भ्यूज’ बढाउन गरिने असत्य र भ्रामक सुचनाबाट आम जनमानसलाई बचाउन प्रयत्नशील रहनुपर्ने चुनौती पनि उक्तिकै रहेको छ । यी चुनौतीहरुसँग जुद्दै महासंघलाइ समग्र नेपाली पत्रकारहरुको साझा छहारीका रुपमा स्थापित गर्न सके सुनमा सुगन्ध हुनेछ ।

Previous Post

नेपाल जेसिजमा महिला नेतृत्व, राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

Next Post

सिद्धनाथ मन्दिर संरक्षण समितिको अध्यक्षमा नायक विजयी

Next Post
सिद्धनाथ मन्दिर संरक्षण समितिको अध्यक्षमा नायक विजयी

सिद्धनाथ मन्दिर संरक्षण समितिको अध्यक्षमा नायक विजयी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.