सार्थक ब्यूरो । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन् । समितिको १७ औं निर्वाचनमा प्रतिद्वन्द्वी बीर बहादुर खड्कालाई ११७ मतले पराजित गरी नायक अध्यक्ष निर्वाचित भएका हुन् ।निर्वाचन समितिले घोषिण अन्तिम मत परिणाम अनुसार अध्यक्ष निर्वाचित नायकले ४ सय ३४ र खड्काले ३ सय १७ मत ल्याएका छन् ।
समितिको उपाध्यक्षमा यज्ञ नाथ निर्वाचित भएका छन् । उनले २ सय ४८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजमति पालले २ सय २४ मत ल्याएकी छन् । उपाध्यक्षका अर्का प्रतिद्वन्द्वी हेमराज भट्ट २ सय २४ मत ल्याएका छन् ।
समितिको सचिवमा ३ सय ४७ मत ल्याएर मोती सिह महता निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी केशव नाथ योगीले २ सय ४८ मत ल्याएका छन् । अर्का प्रतिद्वन्द्वी मोति सिह बुढा १ सय २८ मत ल्याएका छन् ।कोषाध्यक्षमा करन सिह पाल निर्वाचित भएका छन् । किसन नाथलाई पराजित गरी उनी कोषाध्यक्ष भएका छन् । निर्वाचित पालले ४ सय २९ र नाथले २ सय ८५ मत ल्याएका छन् ।राधा महता भाट ४ सय ४६ मत ल्याएर सह सचिव निर्वाचित भएकी छन् । उनले करन सिह कार्कीलाई पराजित गरेकी छन् । कार्की २ सय ४७ मत ल्याएका छन् ।समितिको सदस्यमा इन्द्र सिह धामी ४८२, निर्मला जोशी पाल ४८४, उमा भण्डारी ४०७, दल बहादुर रोकामगर ४५७, प्रेम सिह नायक ५३६, र शंकर विष्ट ४६७ निर्वाचित भएका छन् ।६ सदस्यका लागि ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । सदस्य पराजित धनीराम कोली २४७ र राज बहादुर बुढा ४० मत ल्याएका छन् ।
मंगलबार भएको निर्वाचनमा ७ सय ६६ मत खसेको थियो ।


















Discussion about this post