सार्थक ब्यूरो । बेदकोट नगरपालिका वडा नम्बर ६ भवन शिलान्यास गरिएको छ । सियैयाको घुर्सुवा गाँउमा वडा भवन शिलान्यास गरिएको हो । बिहीबार एक कार्यक्रमका विच बेदकोट नगरका मेयर भोजराज बोहराले भवनको उद्घाटन गरेका छन । भवन शिलान्यास गर्दै समयमै निर्माण कार्य सक्न आब्हान गरेका छन ।
मेयर बोहराले सबै वडा भवन बनाएर नागरिकलाई वडा स्तरबाटै सेवा सुविधा प्रदान गर्ने पालिकाको लक्ष्य रहेको बताए । बेदकोट नगरका सव ईन्जिनियर महादेव जोशीले स्वास्थ्य भवन सहित वडा कार्यालय निर्माण हुने बताए । प्रदेश सरकारको विशेष अनुदानबाट भवन निर्माण हुनेछ ।
दृष्ट्रि ईन्फ्रास्टकचर प्रालिले ५३करोड, २३ लाख, ७२३रुपैयामा सम्झौता गरेका छन । आगामी ८२ असार १५भित्रै सक्नुपर्ने छ । उक्त भवनको साईड इन्चार्जमा सव ईन्जिनियर नर बहादुर बोहरा रहेका छन भने, निर्माण कम्पनीका तर्फबाट रोशन चौधरी रहेका छन । भवन शिलान्यास कार्यक्रममा बेदकोट नपा ६का वडाध्यक्ष तुलसी रानाले वडाको आफ्नै भवन भएपछि दैनिक कामकाजमा सहज हुने बताए । निर्माण कम्पनीले समेत समयै गुणस्तरिय भवन बनाउने प्रतिबद्धता गरेको छ ।


















Discussion about this post