एमाले निजामती कर्मचारी संगठन सुप प्रदेशको दोस्रो अधिवेशन शुरु

सार्थक व्युरो ।

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन शुरु भएको छ । बिहीबार दिउँसोदेखि नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन शुरु भएको हो ।

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका महासचिव महादेव जोशीले दोस्रो अधिवेशनको शुरुवात भएको बताए । महासचिव जोशीका अनुसार एमाले कञ्चनपुर पाटी कार्यालयको माथिल्लो तला मदन आश्रित हलमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आथित्य एव एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावल प्रमुख वक्ता सहितको उपस्थितिमा अधिवेशन शुरु भएको बताए ।

अधिवेशनमा शुभकामना मन्तव्य दिने एमाले निकट शिक्षक, निजामती कर्मचारी, नेता कार्यकर्ताहरुले मुलुको स्थायी विकास सम्बृद्धिका लागि कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुनेमा जोडदिएका छन ।

यस अघि प्रथम अधिवेशन कैलालीको धनगढी र दोस्रो अधिवेशन कञ्चनपुरको महेन्द्रनरमा हुन लागेको आयोजकले जनाएको छ । यस अघि नेपाल निजामती कर्मचारी संगठन सुपका ९वटै जिल्ला अधिवेशन सम्पन्न गरेको थियो ।

कञ्चनपुर मान बहादुर चन्द, दार्चुला राजेन्द्र सिह धामी, कैलाली खगेन्द्र रावल, डोटी लक्ष्मण राज जोशी, अछाम जगत ब. रावल, बझाखगेन्द्र रावल, डोटी लक्ष्मण राज जोशी, अछाम जगत ब. रावल, बझाङ्ग मुकेश कुमार थापा, बैतडी पदम ब. कार्की, बाजुरा अमर रोकायाको अध्यक्षतामा जिल्ला कार्य समिति विस्तार गरिएका थिए ।

अधिवेशनमा सुप प्रदेश भरीका नेपाल निजामती कर्मचारी संगठनका नेता कार्यकर्ताहरु सहभागि हुने छन । अधिवेशनको बन्दसत्रबाट नयाँ कार्य समिति विस्तार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित