– युवराज बास्कोटा
नेकपा (एमाले) र एमालेको मूल नेतृत्वमाथि यतिबेला चौतर्फी निर्मम धावा बोलिएको र निशानकेन्द्रीत प्रहार भइरहेको विषय नागरिक सर्वसाधारणले छर्लङ बुझ्ने तहमा छताछुल्ल छ । राजनीतिबाहिर भूमिका खोज्ने निश्चित व्यक्ति सम्मिलित शक्तिले कुनै न कुनै नाम, निहुँ र बहानामा हिंसा–प्रतिहिंसा निम्त्याउन प्रयत्न भइरहेको विषय पनि ओखाइपोखाइको अवस्थामा जगजाहेर छ
कतिपय प्रहारका अस्त्रहरू, हमलाका रंग–ढंग, रूप–स्वरुप र तौरतरिका फेरिँदा छन् भने कतिपय बाह्रमासे अर्थात् एकनासे छन् । जनमतले सर्वाधिक बढी रुचाइएको राजनीतिक दलप्रतिको दह्रिलो र भरिलो भरोसालाई कमजोर पार्न पाए नेपालमा राजनीतिक अस्थिरता र अस्थायित्वको पाठ पुनरावृत्ति हुन्छ नै । यो अस्थिरता र अस्थायित्व कायम भए पानी धमिल्याएर माछा मार्न सकिन्छ, आफूअनुकूल शक्तिसञ्चयको जोहोदेखि लिएर मौसमी बेमौसमी दुबैखालको खेति गर्न सकिन्छ भन्ने चाहना राख्ने बाह्यशक्तिको आडभरोसा र अविचलित रुचिमा हमला भएको पछिल्ला कतिपय घटनाक्रमबाट सहजै अनुमान लगाउन र यथेष्ट अध्ययन गर्न सकिन्छ ।
हमलाको नग्नचित्र र चरित्र
नेकपाकालमा नेता माधवकुमार नेपालको धृष्टतापूर्ण आँट, बल र साहसिक योजनामा कलुषित भावउत्प्रेरित नेता पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नेता केपी शर्मा ओलीविरुद्ध फौजदारी अभियोगमा लगाइने आरोपका पुलिन्दाहरू अघि सार्दै कम्युनिष्ट पार्टीको सदस्यसमेत नरहने तहमा गरिएको कारबाही सिफारिसको घटना थिग्रन पाएको छैन, कतिपय नयाँ–नयाँ फण्डाहरू सतहमा ल्याएर पोख्न थालियो । शान्त तलावको वातावरण बिगार्न किनारमा बस्ने मानिसले ढुंगा हाने झैँ एमालेमाथि हान्ने कर्मारम्भ गर्न थालियो ।
हाम्रो पार्टी नेकपा ९एमाले० अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनअघि मौसमी रुघाखोकीका कारण बिरामी पर्नुभयो । सामान्यतः रुघामर्गी सरुवा रोग भएकोले अरुमा सर्ने कारणले प्रधानमन्त्री सचेत हुनुभयो, सघन सम्बन्ध–सम्पर्कमा रहनुभएन । स्वास्थ्य अवस्थाको नियमित जाँचपरिक्षणमा रहनुहुने विज्ञ–चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्रीले आफ्नो समय व्यवस्थापन गर्नुभयो । प्रधानमन्त्री कार्यालयले पटकपटक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे दर्शाइरह्यो । तथापि, केही मिडिया, मिडिया सम्मिलित व्यक्ति, व्यक्ति–व्यक्तिको गठजोडमिश्रित शक्ति प्रधानमन्त्रीको यो अवस्थालाई असाध्यै अप्रिय समय र सन्दर्भको परिकल्पनासहित सचित्र उत्रिए । स्वास्थ्यलाभ लिइरहेको कथावस्तुलाई नग्न ढंगले सार्वजनिक गर्नमा तल्लीन रहे । राजनीतिक मुद्दाबाट ओझेल पर्नुमात्र होइन, गुमनाम भएपछि भ्रमको खेति राजनीतिक आस्थाविरुद्ध मात्र उरालिएन, व्यक्तिको निर्भयतापूर्वक बाँच्न पाउने अधिकार र शारीरिक अस्तित्वमाथि पनि खनिए, गतिमति हराएको गालीगलौजको स्वरहरू पनि बर्साए । दुई दिनयता प्रधानमन्त्री सार्वजनिक कार्यक्रममार्फत देखिन लागेसँगै नेतृत्वको तेजोबधका लागि केही व्यक्ति–शक्ति सम्मिलित मिडिया उपहासका रछ्यान मात्र भएनन्, तिनको नग्नस्वरुप सँगसँगै सबै उदांगो भए, तदानुरुप नग्न देखिए ।
अहिले यही तत्व, पात्र र प्रवृत्ति फेरि अर्को ढंगले खेल्न र चलमलाउन खोजिरहेको छ । यतिबेला सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गृहनगर विराटनगर र आसपासका क्षेत्रमा सामाजिक–सांस्कृतिक र तीर्थाटन लक्षित भ्रमणमा हुनुहुन्छ । कलुषित लक्ष्य र मकसद बोकेको शक्ति उहाँको पछिल्लो यो भ्रमणलाई अनावश्यक प्रचारबाजीमा रंग घोल्ने, तरंगमा ल्याउने र परस्पर उत्तेजित पार्ने कसरत गर्न खोज्दै छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई साविकको राजनीतिक कित्ताअनुसार नेकपा ९माओवादी केन्द्र० बैठममा उपस्थित गराउने, योजना निर्माणमा प्रत्यक्ष सहभागी बनाउने र निर्मित योजना कार्यान्वयनमा पार्टीले जिम्मेवारी दिने काम गरिसक्यो । राजनीतिमा क्रियाशील रहन पुग्दो उमेर भएको, राजकीय क्षेत्रमा प्राप्त ज्ञान र अनुभवले परिपक्वता आर्जन गरेको अर्थमा सगर्व पार्टीले स्वीकार गरेको छ, कार्यकर्ता पंक्तिले सहजै ग्रहण गरेकाछन् । को यसबारे कसैले केही भन्दैन, कोही बोल्दैन । यही पदावधिभर कार्यसम्पादन गर्नुभएको राष्ट्रपति विद्यादेवी भण्डारीको यो पछिल्लो सामाजिक–सांस्कृतिक संलग्नतालाई किन माथापच्चीको विषय बनाइएको होला १ यो पनि आफैंमा एमाले नेतृत्वमाथिको हमला होइन र रु
हाम्रोमा हाम्रो सर्वाधिक निकटस्थ छिमेकी मुलुक भारतको जस्तो पनि अभ्यास छैन । भारतमा पछिल्ला राष्ट्रपति, उपराष्ट्रपनि प्रत्यक्ष राजनीतिक क्षेत्रबाहिरका गैरराजनीतिक हुने गरेका छन् । हाम्रोमा प्रचलित अभ्यास अलिक फरक छ । राष्ट्रपति, उपराष्ट्रपनि राजनीति गरेको, राजनीतिक जिम्मेवारी निर्वाह गरेको, अमुक राजनीतिक दलले सिफारिश गरेको र राजनीतिक रूपमा सर्वस्वीकार्य भएको पात्र चाहिन्छ । राजनीतिक पात्र सम्बद्ध राजनीतिक दलले पठाएको ठाउँमा कार्यावधि सकेर फर्कंदा जाने कहाँ त रु उहाँ हिजो पनि राजनीतिमा हुनुहुन्थ्यो, सक्रिय नेतृत्वमा हुनुहुन्थ्यो, जिम्मेवारी निर्वाहको क्रममा अगुवामध्ये एकजना हुनुहुन्थ्यो, जहाँ जुन जिम्मेवारी पाउनुभयो त्यो पनि राजनीतिक कारणले नै राजनीतिक पार्टीकै योजना र अनुमोदनमा पाउनुभयो । अब अहिले आफूले बनाएको राजनीतिक संगठनको अवस्था अध्ययन गर्दा के के न भयो भनेर आत्तिनुपर्ने केही छ र रु छैन ।
कतिपय यी अस्वभाविक र उत्तउला दृश्य–परिदृश्य र फरकफरक कोणबाट आएका अभिव्यक्तिलाई केलाउँदा नेकपा ९एमाले० को एउटा राजनीतिक बैचारिक लिगेसीमाथिको निर्मम प्रहार हो यो भनेर बुझ्न कुनै कन्ज्युसाइँ गर्नुहुँदैन । छिन्नभिन्न अवस्थामा रहेको नेपाली कम्युनिष्ट आन्दोलन जननेता मदनकुमार भण्डारीको राजनीतिक बैचारिक योगदानको प्रतिफलस्वरुप एक ठाउँमा आइपुगेको ऐतिहासिक यथार्थलाई कसैले पनि नकार्न सक्दैन । बाम–प्रजातान्त्रिक तथा कम्युनिष्ट शक्तिबीचको एकीकृत मोर्चा निर्माणको शंखघोषसहित तीन दशकअघि सम्पन्न ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिष्ट आन्दोलनमा बिचार र संगठन दुबै हिसावले यसको मूलप्रवाहको रूपमा विकसित संगठित र सुदृढ नेकपा ९एमाले० को भीमकाय संगठनात्मक जीवनमा गम्भीर दरार ल्याउन र आफ्नो धीत नमरुञ्जेलसम्म खेल्न खोज्दै छ ।
सम्माननीय पूर्वराष्ट्रपति भण्डारी स्वयं पटकपटक भनिरहनुभएको छ– पार्टीले मलाई सामाजिक–सांस्कृतिक परिचयमाझ जन्मायो, समुन्नत राजनीतिक–बैचारिक हिसावले हुर्कायो र देश–दुनियाँमाझ आफ्नो दब्रिलो र गर्विलो पोजिसन लिन सक्ने राजनीतिक व्यक्ति बनायो । राष्ट्रपतिको रूपमा चिनायो र राष्ट्रिय हितको मामिलामा दृढतापूर्वक उभ्यायो । यो आफैंमा राजनीतिक जिम्मेवारी निर्वाहको एउटा निर्विघ्न बिन्दु हो । थुप्रै विघ्नवाधालाई छिचोलेर यहाँसम्म आइपुगिएको छ । सक्रिय जीवनकाल रहुञ्जेलसम्म त थन्किएर बस्नु पनि भएन । पार्टीले ममा विकास भएको सुझबुझ, मैले प्राप्त गरेको ज्ञान र अनुभवको आवश्यकता गर्छ भने कुनै न कुनै कोणबाट सकेसम्म योगदान गर्ने विषयबाट टाढिन सक्दिनँ ।
सम्माननीय पूर्वराष्ट्रपति भण्डारीको यो अन्तरमनलाई राम्रोसँग सुनिएको छ, बुझिएको छ । तथापि, एमालेविरुद्ध परिचालित केही छद्मभेषी, पाखण्ड र आडम्बरी तत्वहरू पूर्वराष्ट्रपति भण्डारीको यो सदाशयतालाई वर्तमान अध्यक्ष केपी शर्मा ओलीविरुद्धको सक्रियता, उपस्थिति, काउण्टर, गुटगत गतिविधि आदिका रूपमा अर्थ्याइरहेका छन् । मानौँ एमालेमा नेतृत्वको विषयमा तीब्र बहस आरम्भ गरिएको छ १ मानौँ एमाले आफ्नो नियमित रूपमा हुने महाधिवेशनको मैदान ओर्लिएको छ १मानौँ एमालेमा नेतृत्वको संकट टार्न अहिले नै यसबारेमा सोच्नुपर्ने बखत आएको छ । मानौँ एमाले नेतृत्वविहिन खडेरीकालमा छ १
चिया पसलमा चियाको अर्डर भइरहँदा कस्तो भनेर पसलले सोध्दा जस्तो भए पनि हुन्छ भनेर ग्राहकले भन्यो भने यो त एमाले पो रहेछ– जस्तो भए पनि हुने १ जे भए पनि हुने १ न भाले न पोथी भनेर खिसिट्युरीको विषय बन्ने गरेको माधवकुमार नेपालकालीन एमाले होइन अहिले, राजनीतिमा चाहिने इमान र निष्ठाले समर्पित दृढ, निश्चयी र संकल्पकृत नेतृत्व छ अहिले ।
जसको नीति, उसको नेतृत्वका रूपमा संगठित भएको नवौँ राष्ट्रिय महाधिवेशन र यसका फैसाला कार्यान्वयनसँगै ऐतिहासिक महत्त्वका साथ सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनपछि ह्वात्तै उचाइ र फराकिलो आकार लिएको एमालेमा अहिलेसम्म स्थापित नीति र नेतृत्वमा कुनै खोट छैन, कुनै दोष छैन, प्रश्न गर्नुपर्ने ठाउँ छैन । यसकारण भिन्नभिन्न दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता छैन । फेरि किन चिराचिरा पार्न खोजिन्छ एमालेलाई रु हो, यहाँनेर आएर एकाकारित एमालेको भविष्यसँगै नेपाली क्रान्ति, नेपाली जनता र आफूहरूको समेत समुन्नत भविष्य चाहने संगठकले घोत्लन जरुरी छ ।
श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको तेजोबध गर्न उत्रिएको निन्दा र भत्सर्नायोग्य शक्ति सम्माननीय पूर्वराष्ट्रपतिलाई समेत अनावश्यक र अनुचित ढंगले विवादमा तान्न र गिजोल्न खोज्नु आफैंमा एमाले र एमाले नेतृत्वविरुद्ध प्रहार गर्ने उद्देश्यनिर्देशित हमला होइन र रु यो प्रहार साँधेर गरिएको हमला नभएर के हुन सक्छ त १ नेता खोज्नुपर्ने समय र सन्दर्भ आएको छैन, आए खोजिएला १ एमालेजनले एमालेको मैदानमा खोज्ला १ नबुझेको पक्ष नि– अहिलेदेखि नै एमालेमा अब नेता को हुने भनेर निशानकेन्द्रीत हमला किन भइरहन्छ रु जाँतोलाई भन्दा हातोलाई खसखस किन भइरहेको छ ?
नीति र नेतृत्वका लागि विधान अधिवेशन
पार्टीले नीतिगत रूपमा दोस्रो विधान अधिवेशनका बारेमा सामान्यतः अवधारणा प्रस्ताव गरेको छ, प्रस्तावित विषयवस्तुलाई सार्वजनिक गरिसकेको छ । नीति र नेतृत्वका बारेमा घनिमत छलफल, बिचार–विमर्श हुने भनेको विधान अधिवेशनमै हो । यसकारण पनि एमालेवृत्तमा चर्चा बटुलिएको र चुलिएको हो भने यसलाई स्वभाविक लिनुपर्छ, एकदमै अस्वाभाविक रूपमा लिनुहुँदैन । यो पनि एमालेको आन्तरिक जीवन व्यवस्थापनका लागि अपनाइएको प्रणालीअन्तर्गत मात्र, बाहिरफेर होइन । यसबेला पनि कुनै एकका विरुद्ध अर्कोको उपस्थिति, फलानोको लागि फलानो प्रतिस्पर्धी, फलानोको अनुकूल वा प्रतिकूल गतिविधि आदि भनेर बुझ्नहुँदैन । एमालेको नेतृत्वमा को रहने रु को आउने रु कसले नेतृत्व लिने रु आदि प्रश्नको निरुपण त एमालेकै कार्यकर्ताले एमाले घरको आँगनमा बसेर गर्छन्, उपयुक्त समय आएपछि गर्लान् । अहिलेदेखि नै विद्यमान राजनीतिक गणित, यसले तय गरेको राजकीयसत्ता र यसको समिकरणलाई बिथोल्ने, बल्लबल्ल एक ठाउँमा पुगेर थिग्रिएको राजनीतिक वातावरणलाई धमिलो पार्ने मनाशयका साथ वस्तुस्थितिलाई छताछुल्ल तुल्याउन जरुरी छैन ।
नियोजित ढंगले फैलाइएको ह्युमरका पछिपछि दगुर्न सक्ने दाइ कमरेड र भाइ कमरेडहरूले यति चाहिँ बुझ्न जरुरी छ । जसको न पृष्ठभूमि राम्रो छ, न आचरण विकासको पक्ष छ, न वर्गीय पक्षधरता छ, न पर्याप्त अध्ययन छ, न एकाग्र चिन्तनमनन छ, केवल नेतृत्व रिझाएर बनाएको कद छ । यसलाई भजाएर होमा हो मिलाउँदै रमाउने कतिञ्जेल हो १ क्रान्तिकारी धार मेटिएको पंक्तिले पनि सोच्न जरुरी छ । एमाले शहरबजारमा प्रायशः उत्सव गर्न जुट्ने समूहमाझ गठित क्लब होइन, स्थापनाको ७५ वर्ष लामो राजनीतिक प्रयोगशालाको इतिहासमा प्राप्त रणकौशल राजनीतिक बैचारिक ओज र क्रेजले आकर्षित मुलुकको सर्वाधिक बढी लोकप्रिय राजनीतिक पार्टी हो ।
एमालेमा नेतृत्व लिन सक्नुहने नेताहरूको संख्या उल्लेख्य छ । केन्द्रीय नेतृत्वमा पदाधिकारी संख्या नै झण्डै दर्जनमा छ । नेतृत्व निर्माणको मूल पक्ष बिचार र बिचारको अन्तरवस्तुलाई अक्षरश अनुसरणको पक्ष हो । बिचारले नेतृत्वको निर्धारण गर्छ । उम्दा नेतृत्वको आवश्यकता माग गर्दछ । जनताको बहुदलीय जनवादको आलोकमा फेरिएको राजनीतिक वस्तुस्थिति र वस्तुगत परिस्थितिलाई बुझ्न र ठीक ढंगले ठम्याउन नसक्ने व्यक्ति प्राविधिकपात्रको उपस्थितिमात्र होला, यसको राजनीतिक बैचारिक कमाण्ड सम्हाल्न सक्ने नेता हुन सक्दैन । जननेता मदनकुमार भण्डारीले नेपाली राजनीतिमा गर्नुभएको अतुल्य र अतिरिक्त योगदानको प्रतिफलस्वरुप विकसित र स्थापित यो बिचारलाई उहाँको अभावमा पनि प्रशस्तै व्याख्या र विश्लेषण गर्ने नेतृत्वको कमी छैन । रागे, टाटे, पाङ्ग्रे आदि कुनै न कुनै प्रकारको अध्ययन र दृष्टिकोणसहित विश्लेषण हुने गरेकै छ ।
यसभित्र पनि साँचो कुरा के हो भने हिजो कुनै बेला जनताको बहुदलीय जनवादको सान्दर्भिकता सकियो भन्ने बोलक्कडहरू अहिले आफैं सकिएका छन् । हिजो कुनै बेला जनताको बहुदलीय जनवाद फेज आउट भयो भन्नेहरू अहिले आफैं फेज आउट भएका छन् । जनताको बहुदलीय जनवाद दक्षप्रजापतिको टाउको मात्र हो भन्नेहरू अहिले आफ्नो टाउको अब देखाउने कि नदेखाउने र कहाँ लुकाउने भन्ने ठाउँमा पुगेका छन् । आखिर यो सबै परिस्कृत अस्तित्वलाई स्वीकार्न नसक्ने नैतिक जिम्मेवारीबोधसँग जोडिएको प्रश्न थियो भने राजनीतिमा हुर्कदो दिवालियापन, विचलन र अस्थिरमनको अभिव्यक्ति दिने बुझाइ मात्र थियो । यसले हामीलाई लामो समयसम्म अवरुद्ध तुल्याएको र ठाउँ–ठाउँमा गालेको पक्षलाई हामीले कहिल्यै भुल्न र बिर्सनहुँदैन । राजनीतिक क्रान्तिनिर्देशित जनताको बहुदलीय जनवादको मार्गचित्रमा यसको समुन्नत सामाजिक–सांस्कृतिक पक्ष, मानवमैत्री पर्यावरण र जलवायू व्यवस्थापन जस्ता कैयौँ विषयमा उभिएर राजकीयसत्ता प्राप्तिको क्षणमा होस् वा प्रतिपक्षमा रहँदा– यसको अनुसरण र कार्यान्वयनमा अलिकति पनि चुक्नुहुँदैन, कसैसामु इञ्चभर पनि झुक्नुहुँदैन भन्ने पक्ष चाहिँ ठूलो पक्ष हो ।
कसैकसैले गीत रचना गर्नेको भूमिका ठूलो कि संगीत भर्नेको रु भन्ने आभास दिने तहमा जननेता मदनकुमार भण्डारीले दन्तेकथा झैँ अलिखित बाचन गर्नुभएको विषयवस्तुका रूपमा आएको जनताको बहुदलीय जनवाद अन्तरसम्बन्धित विषयवस्तुलाई मैले लयात्मक ढंगले अर्थ्याएको हो भन्ने आत्मरतिमा अल्झँदै विभिन्न जोड र कोणबाट आफूलाई प्रस्तुत गरेको पनि सुनियो । एउटा ठूलो पंक्ति यस्तो बनावटी चटपटा कुरा सुन्न तयार छैन । जसलाई पार्टी र क्रान्ति निर्माणमा सहयोगी बनेर उभिनुमात्र छ, उसलाई यस्ता फगत तर्क मञ्जुर हुन सक्दैन । कहिल्यै बिचलनमा नरहने अविचलित पात्र, जसलाई केही लिउँला १ केही पाउँला १ केही खाउँला १ केही भजाउँला १ आदि केही भन्नु छैन, उसलाई केन्द्रमा राखेर नीतिलाई परिस्कृत गर्नुपर्छ र तदानुकूल नेतृत्व निर्माणमा जोड दिनुपर्छ ।
यसैमा हाम्रो पार्टी र पार्टीको राजनीतिक बैचारिक संगठन दह्रो हुनेछ, मिसन ०८४ लक्षित वर्गाश्रित कार्यकर्ताको पहलकदमीको फड्को हुनेछ । श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको कार्यनीतिक महत्त्वको योजनामा आधारित रहँदै फड्को मार्ने अभियानअन्तर्गत जुटेको पंक्तिमाझ नेतृत्वको किचलो झिकेर अलमल्याउन खोज्नेविरुद्ध एक ढिक्का एमाले पंक्तिले निर्धारित गन्तव्य पूरा गर्नुपर्ने छ । अहिले हाम्रो नेतृत्व समकालीन कैयौँ अनुहारमै निकै चहकिलो र महकिलो हुनुहन्छ, आफ्नो राजनीतिक जीवनमा निर्विकल्प हुनुहुन्छ, समयक्रममा विकल्प खोज्नुपर्ने भए राजनीतिक–बैचारिक उत्तराधिकारीको रूपमा नेपाली राजनीतिमा खारिनुभएको शालीन व्यक्तित्व विद्यादेवी भण्डारीलाई अध्यक्ष स्वयंले प्रस्ताव गर्नुहुनेछ, अध्यक्षकै भाषामा परस्पर पर्याप्त सल्लाहअनुसार अघि सार्नुहुनेछ ।
जराकेन्द्रीत अभियानमा जाँदा
जन्मसिद्ध र वर्णप्रधान राजाले पनि राजनीति गर्न चाहेको हो भने श्रीपेच उतारेर मैदानमा आउँदा आमनेसामने उभिएर लड्न यो मदन भण्डारी तयार छ भनेर सगर्व गर्जन गनुहुने जननेता मदनकुमार भण्डारीले जग बसाइदिनुभएको यो पार्टीमा यतिबेला सिद्धान्ततः स्थापित नीति, नीतिअनुरुपको नेतृत्व र अभ्यस्त विधिनिर्देशित एमालेको संगठनात्मक जीवन दैनन्दिन व्यवस्थापन र सञ्चालनमा कुनै समस्या छैन । यदि कहिँ कतै केही छ भने केही व्यक्ति विशेषमा चुलिएका महत्त्वाकांक्षा र पदाकांक्षा प्राप्तिको लालसामा थियो होला १ कतिपय बेला बखतमा हिजो थियो, किनारा लाग्यो । यदाकदा छ भने यो प्रधान पक्ष होइन, एकदमै गौण कुरा हो । यसलाई कसैले पनि आश्रय वा प्रश्रय दिइरहनपर्छ भन्ने लाग्दैन ।
अधिवेशनको प्रक्रिया अघि बढ्दै गर्दा परस्परमा को कसको भनेर ट्याग लाग्ने र एकले अर्काको ब्याग बोक्ने पात्र विशेष प्रवृत्ति यदाकदा देखिन थालेको छ । यो किमार्थ राम्रो होइन । ट्याग लाग्ने र ब्याग बोक्ने प्रवृत्तिले व्यक्ति स्वयंको नेतृत्व विकासमा राम्रो गर्दैन । यसबाट मुक्त रहँदै हामी सबैले एउटा निर्धारित र वैज्ञानिक प्रक्रियामा छिर्नुपर्छ । स्थापनाको ७५ औँ दिवस अर्थात् हीरक महोत्सव मनाइसकेको पार्टीले आफ्नो जीवन प्रणालीलाई कसैको रहरमा र लडहमा होइन, विषयगत ढंगले उच्च तहको सुझबुझ र परिपक्वतासाथ मैदानमा उतार्नुपर्छ ।
एमाले पार्टी निर्वाचन आयोगमा भरखरै अघि दर्ता गरेर सिन्का उन्दै आएको शक्ति होइन । सिन्का उन्दै आएकाले एमालेको राजनीतिक विरासतलाई कमजोर पार्न प्रदुषित होहल्ला फिँजाइएका छन् । यसलाई बुद्धिमतापूर्वक प्रतिवाद गर्नुपर्छ । एमाले पुरानै राजनीतिक दल हो । पुरानो हुनुको नाताले परिपक्व शक्ति हो । पुरानाकै बीचमा नयाँ र समुन्नत बिचारले सिर्जनशील शक्तिसहित युग निर्माणको अभिभारा सगर्व बोकेको पार्टी हो भन्ने तथ्यलाई आफ्ना कार्यक्रममार्फत सत्यापन गर्नुपर्छ । एमाले देशभक्तिपूर्ण आन्दोलनको अविचलित यात्रा हो, यात्राको सारथि हो । यही अविचलित यात्रा सहयात्राको क्रममा हामीले आफ्नो भूमिका खोज्नुपर्छ ।
हाम्रो सुविधासम्पन्न सुझबुझले एमालेमा अब नेता को हुने भन्ने विषयमा सरोकारबाहिरको तत्वलाई हुने खसखस खाँसी झैँ निको हुँदै जानेछ, जाँतोलाई भन्दा हातोलाई देखिने खसखस हामी कसैले वास्तै नगरेपछि पानीका फोकासरह विलय हुनेछ । यसैमा हामी सबैको भलाइ छ ।
आफ्नो एकल बुझाइ
सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला विराटनगर हुनुहुन्छ । विराटनगर उहाँको एउटा मेधावी विद्यार्थीको रूपमा अध्ययनस्थल, बामपन्थी आन्दोलनको हिस्सा लिनुभएको प्रारम्भिकस्थल, राजनीतिक जिम्मेवारी बहन गर्नुभएको ऐतिहासिक कार्यक्षेत्र, स्वयंमा जननेता मदनकुमार भण्डारीसँग जीवन व्यवस्थापन गर्नुभएको आधारस्थल हो । यी दिनहरूको सम्झना र पुनर्ताजगीका लागि उहाँ विराटनगर हुनुहुन्छ । विराटनगर र आसपासका क्षेत्रमा समाज निर्माणको ध्येय र उद्देश्यका साथ अविराम क्रियाशील सामाजिक–सांस्कृतिक व्यक्तित्वहरू, आफूले राजनीतिक संगठनको यात्राआरम्भ गर्दाताकाका समकालीन नेता र राजनीतिक–बैचारिक मुद्दा सुस्पष्ट कार्यकर्तासँग सम्भव भएसम्म भेटघाटमा हुनुहुन्छ । यसबीचमा म पनि नजिकै रहे । एकाधपटक एक्लाएक्लै र केही पटक समूहमा उहाँलाई सुनेँ ।
हल्ला कोरल्ने बजारमा जे–जस्ता हल्ला कोरले पनि कोरलिए पनि उहाँ दृढ र सुस्पष्ट हुनुहुन्छ :–
१) नेकपा (एमाले) ले राजनीतिका लागि मात्र राजनीति होइन, देश बनाउने राजनीतिमा अग्रसरता लिनुपर्छ र लिएको छ । यतिबेला सम्पूर्ण ढंगले आफ्नो ध्यान, मन र सामर्थ्य प्रयोग गरेर देश बनाउने अभिभारालाई काँधमा बोकेर हिडेको छ । स्वधीनताको अनुभूति बढाउँदै हिडेको छ, राजनीतिक अगुवाइ गरेको छ । यो सबै कर्म श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको अदम्य सहास, रणकौशल योग्यता–क्षमता र बुद्धिमताले मात्र सम्भव भएको छ ।
२) सत्ताकेन्द्रीत राजनीतिक मुद्दा र दैनन्दिन सरोकारका विषयवस्तुले मात्र घेरिएको माथिल्लो नीतिका कारण नेपाली समाजका वास्तविक विशेषताहरू, हाम्रा साझा परिचय र रैथाने पहिचानहरू, प्रकृतिप्रदत वस्तु उपयोगका मुद्दाहरू, प्राकृतिक रूपले सुन्दर र सौम्य नेपालको वातावरण र जालवायूसँग मानवमैत्री साइनो र सम्बन्धका विषयवस्तुहरू ओझेल परेको चिन्ता छ ।
३) निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध विकसित बाम–प्रजातान्त्रिक आन्दोलनको ज्वारसँगै नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा नयाँ दिशा दिन सक्नुहुने जननेता मदनकुमार भण्डारीको बहुआयमिक राजनीतिक योगदानको प्रतिफलस्वरुप आज प्राप्त समृद्धिउन्मुख राजनीतिक बैचारिक वस्तुस्थितिको आलोकमा नेपाली समाजले मानव जीवनको खुशी वृद्धि–विकासका लागि तीब्रत्तर गति लिनुपर्ने, अपेक्षित मात्रा र गतिमा लिन सकेन ।
यो त स्वाभाविक होइन र रु स्वाभाविक चासो र सरोकारलाई अस्वाभाविक अर्थमा लिनु र बुझ्नु स्वयंमा घात, प्रतिघात र अन्तरघातको बीजाङ्कुरण गराउनु मात्र हो । यसबाट एमाले नेतृत्व र नेतृत्व मातहतको सिङ्गो पङ्क्ति निकै सचेत र सजग छ ।-चक्रपथ डटकम बाट साभार


















Discussion about this post