सार्थक व्युरो । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता कच्युतराज कलौनीको अन्त्येष्टी गरिएको छ । काँग्रेस भीमदत्त नगरका सभापति कलौनीको आइतबार दिउँसो महाकाली नदीमा अन्त्येष्टी गरिएको हो । कलौनी परिवारले हिन्दुसंस्कार अनुरुप मृतक कलौनीको पार्थिव शरिर महाकाीमा अन्त्येष्टी गरेका छन । शनिबार भीमदत्त नगरपालिका १८ मामाभान्जा चोक सडक पेटीमा मृत भेटिएका कलौनीको फोरेन्सिक मेडिसिन विज्ञ डा. अरबिन शाक्य नेतृत्वको चिकित्सकको टोलीले पोष्टमाष्टम गरेको थियो । पोष्टमाष्टमपछि घर, विद्यालय बैजनाथ मावि र पाटी कार्यालयमा श्रद्धान्जली पछि अन्त्येष्टी गरिएको हो ।
शनिबार एका बिहानै उनी मृत फेलाको खबरले जिल्लादेखि केन्द्रसम्म सनसनी मच्चियो । घरदेखि उत्तर झण्डै ५/६सय मिटरको दुरी सडक पेटीमै मृत फेला परेका ४२ बर्षिया कलौनीको मृत्युको खबरले नगर सहित जिल्ला शोकाकुल भएको छ । मध्य जिवनमै हिड्दा हिड्दै बिलाएका कलौनीको मलामीमा गृहमन्त्री रमेश लेखक सहितका काँग्रेस सहितका अन्य सहकर्मी राजनैतिक दलका हजारौँ नेता कार्यकर्ताहरुको उपस्थितिमा अन्तिम विदाई गरिएको छ । अस्पतालदेखि घर -घरदेखि विद्यालय, पाटी कार्यालय हुँदै घाटसम्मै हजारौँ जनसागरको उपस्थितिमा कलौनीको विदाई गरिएको हो ।
कलौनी नेपाली काँग्रेस भीमदत्त नगरको सभापति हुन । नेवि संघको केन्द्रीय सहमहामन्त्रीको जिम्मेबारी निर्वाह गरेका उनी काँग्रेसको १४औँ महाधिवेशनबाट भीमदत्त नगर पाटीको जिम्मेबारी पाएका कलौनी पाटीको कामकाज मात्रै नभई समाजिक काममा समेत उत्तिकै खटिएका थिए । राज्यको लगानीमा संचालनमा रहेका सामुदायिक विद्यालय सुधारको योजना अघि सार्दै जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनी विद्यालयदेखि अन्य साथीभाईकै काम विशेषले शुक्रबार धनगढी गएका थिए ।
धनगढीबाट राती ९ बजेतिर महेन्द्रनगर पुगेका कलौनी छाती दुखेको भन्दै पैदलै महाकाली अस्पताल पुगेर घर फर्किने क्रममा घर नपुग्दै विचबाटैमा अस्थाएका छन । भीमदत्त नगरपालिका १८कटान मामाभान्जा चोक सडक पेटीमै मृत भेटिएका कलौनीको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । कलौनी सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले घटनाको अनुसन्धान अघि बढाएको बताए । ‘शरिरमा कुनै प्रकारको चोट देखिएको छैन, वडा सहितका स्थानीयका सिसिटिभी क्यामेरामा पनि उनी एक्लै घरतिर गईरहेको देखिन्छ, ‘उनले भने, ‘पोष्टमाष्टमपछि थप घटनाको अनुसन्धान खुल्छ ।’ पोष्टमाष्टमका लागि भेरी अस्पताल नेपालगञ्जबाट विज्ञ सहितको टोली मगाएको छ ।
घटना स्थलमा तालिम प्राप्त कुकुरबाट समेत शवको परीक्षण गरिएको भएपनि कुकुरले कुनै सिमटम दिएको छैन । दुई मोबाईल बोक्दै आएका कलौनीको एक मोवाईल मात्रै भेटिएको र पर्स समेत छेउमै भेटिएको छ । पर्सभित्र रहेको रुपैया फेला परेका छैनन । एक मोवाईल समेत नपरेपछि घर परिवार एव स्थानीयमा आशंका उब्जाएको छ । प्रहरी प्रवक्ता जोशीले मृतक कलौनीको खल्तीमा एक मोवाईल सुरक्षित भेटिएको र अर्को मोबाईकलको विषयमा थप अनुसन्धान भईरहेको बताए ।


















Discussion about this post